२५ जेष्ठ २०८२, शनिबार

रविलाई रातारात चितवनबाट पोखरा लगिएकोबारे छलफल गर्न रास्वपाको आकस्मिक बैठक

 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आकस्मिक पार्टी सचिवालय बैठक आज मङ्सिर २१ गते भर्चुअल जुम मार्फत जारी रहेको छ ।

उपसभापति डिपि अर्यालले बोलाएको आकस्मिक बैठकमा पार्टी सभापति रवि लामिछानेलाई उनको मानव अधिकार हनन गरी यातनापूर्वक रातारात चितवनबाट पोखरा लगिएको र उनको डायरी समेत गायव गरिएको सम्बन्धमा छलफल भइरहेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । लामिछानेलाई चितवनको बयान सकिएपछि बुधबार राति चितवनबाट पोखरा लगिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?