Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

एनपीएलमा कर्णाली याक्सको पहिलो जित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २१, २०८१
|
|
३९ पटक हेरिएको
Shares
एनपीएलमा कर्णाली याक्सको पहिलो जित

सारांश

  • कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ ।
  • बलिङमा विपिन शर्माको ३ विकेट अनि ब्याटिङमा शिखर धवनको ४५ रन मद्दतमा कर्णालीले शुक्रबार चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो ।
  • कर्णाली यसअघि जनकपुर बोल्ट्स र काठमान्डु गुर्खाजसँग पराजित भएको थियो ।

 

२१ मंसिर, काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ ।बलिङमा विपिन शर्माको ३ विकेट अनि ब्याटिङमा शिखर धवनको ४५ रन मद्दतमा कर्णालीले शुक्रबार चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो । कर्णाली यसअघि जनकपुर बोल्ट्स र काठमान्डु गुर्खाजसँग पराजित भएको थियो । पहिलो जितपछि कर्णालीले दुई खेलको हारको शृंखलाई ब्रेक गर्दै २ अंक जोडेको छ ।

यसअघि लगातार दुई खेल जितेर लयमा रहेको चितवनको यो पहिलो हार हो ।धवनले ४५ रन बनाएपछि कर्णालीले १३१ रनको लक्ष्य १९‍.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । चाडविक वाल्टनले ३० तथा देव खनालले २५ रन बनाए । जिसान मक्सुदले अविजित १२ रन बनाए । अन्तिम ओभरमा जितका लागि कर्णालीलाई ९ रन आवश्यक थियो । क्रिजमा जिसान मक्सुद र अर्जुन घर्ती थिए ।अन्तिम ओभरमा रोमाञ्चक क्षण चितवनका रिजन ढकालको बलिङमा अर्जुनले सुरुवाती ३ बलमा २-२ रन जोडेपछि जितका लागि ३ बलमा ३ रन आवश्यक भयो । तर चौथो बलमा अर्जुन रनआउट हुँदा २ बलमा ३ रन आवश्यक भयो । पाँचौ बलमा मक्सुदले चौका प्रहार गर्दै कर्णालीको जित सुनिश्चित पारे ।

ओपनरद्वय शिखर धवन र देव खनालले पहिलो विकेटका लागि अर्धशतकीय साझेदारी गर्दै कर्णालीलाई गतिलो सुरुवात दिलाएका थिए । यो जोडीले पहिलो विकेटका लागि ९.५ ओभरमा ५३ रनको साझेदारी गरेको थियो । देव २५ रन बनाएर चितवनका कप्तान कुशल मल्लबाट एलबीडब्लु धरापमा परे । उनले ३४ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे । धवनले १६औं ओभरको दोस्रो बलमा लफ्टी इटनबाट कट एण्ड बोल्ड हुनुअघि ४१ बलमा ४चौका र १ छक्का प्रहार गरी ४५ रन बनाए । बलिङमा कुशल मल्ल, जान लफ्टी इटन र रवि बोपाराले १-१ विकेट लिए । त्यसअघि टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले रवि बोपाराको अर्धशतक मद्दतमा ७ विकेट गुमाएर १३० रन बनाएको थियो । बोपाराले ४० बल खेल्दै ७ चौका र १ छक्का प्रहार गर्दै अविजित ५९ रन बनाए ।

बोपारा बने लगातार दुई अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बोपारा जारी एनपीएलमा लगातार दुई अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बने । यसअघि उनले पोखरा एभेन्जर्स विरुद्ध ५१ रन बनाएका थिए । बोपाराले कप्तान कुशल मल्लसँग चौथो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए । कप्तान कुशल मल्लले २३ रन बनाए । २७ बल खेलेका उनले २ चौका र १ छ्क्का प्रहार गरे । विपिन रावलले ११ रन जोडे । बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा कर्णाली याक्सका युवा बलर विपिन प्रसाद शर्माले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा २१ रन खर्चिए । जिसान मक्सुले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । यसैगरी नन्दन यादवले २ ओभरमा १ मेडन राख्दै ११ रन खर्चेर १ विकेट लिए । कप्तान सोमपालले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनमा कोरोनाजस्तो नयाँ भाइरस फैलियो, आपतकाल घोषणा गरिएको दाबी
चीनमा कोरोनाजस्तो नयाँ भाइरस फैलियो, आपतकाल घोषणा गरिएको दाबी
डिपोर्ट गरिएका शरणार्थीहरूलाई गैरकानुनी थुनामा राखेको देखियो : सर्वोच्च
डिपोर्ट गरिएका शरणार्थीहरूलाई गैरकानुनी थुनामा राखेको देखियो : सर्वोच्च
५ खर्ब २० अर्ब रुपैयाँ थन्कियो, लगानीको अवसर छ : गभर्नर पौडेल
५ खर्ब २० अर्ब रुपैयाँ थन्कियो, लगानीको अवसर छ : गभर्नर पौडेल
इसेवा एप गुगल प्ले स्टोरमा पुनः उपलब्ध
इसेवा एप गुगल प्ले स्टोरमा पुनः उपलब्ध
न्यूयोर्कमा रहेका स्वास्थ्य मन्त्री पौडेलले गरे माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी पढाउन वार्ता
न्यूयोर्कमा रहेका स्वास्थ्य मन्त्री पौडेलले गरे माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी पढाउन वार्ता
बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १५ अर्ब
बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १५ अर्ब
यार्सागुम्बा सङ्कलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
यार्सागुम्बा सङ्कलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
नेतृत्वबारे निर्णय गर्ने अधिकार पार्टी सदस्यलाई मात्रै छ, पत्रकारलाई होइन : प्रचण्ड
नेतृत्वबारे निर्णय गर्ने अधिकार पार्टी सदस्यलाई मात्रै छ, पत्रकारलाई होइन : प्रचण्ड
प्रधानमन्त्रीको एक साता लामो स्पेन भ्रमण स्वीकृत
प्रधानमन्त्रीको एक साता लामो स्पेन भ्रमण स्वीकृत
एकैदिन २ हजार ४०० ले घट्योे सुन, अब तोलाको कति ?
एकैदिन २ हजार ४०० ले घट्योे सुन, अब तोलाको कति ?