प्रचण्डले बोलाए पदाधिकारी बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १९, २०८१
|
|
२७ पटक हेरिएको
Shares
प्रचण्डले बोलाए पदाधिकारी बैठक

सारांश

  • नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ ।
  • भोलि (बिहीबार) बिहान साढे ८ बजे बस्नेगरी बैठक बोलाइएको एक पदाधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।
  • बैठक बिहान प्रचण्ड निवास खुमलटारमा बस्ने तय भएको छ ।

 

१९ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । भोलि (बिहीबार) बिहान साढे ८ बजे बस्नेगरी बैठक बोलाइएको एक पदाधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

बैठक बिहान प्रचण्ड निवास खुमलटारमा बस्ने तय भएको छ । बैठकमा पार्टी निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनबारे छलफल हुने बताइएको छ । अखिलको गत १९ गते स्थागित भएको राष्ट्रिय सम्मेलन २३ र २४ मंसिरमा हुने बताइएको थियो । पूर्वनिर्धारित समय अनुसार राष्ट्रिय सम्मेलनका लागि तयारी नभएको नेताहरूले बताएका छन् । अन्य एजेन्डाबारे जानकारी गराइएको छैन ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?