२६ जेष्ठ २०८२, आईतवार

लुम्बिनीविरुद्ध विराटनगरका लोकेशले बनाए अर्धशतक

 

१९ मंसिर,  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध लक्ष्य पछ्याइरहेको विराटनगर किंग्सबाट ओपनर लोकेश बमले अर्धशतक बनाएका छन् ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १९२ रनको लक्ष्य पछ्याइरहेको विराटनगरबाट लोकेशले ३६ बलमा ५० रन पूरा गरेका हुन् । यसक्रममा उनले दुई चौका र चार छक्का प्रहार गरे । काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध लक्ष्य पछ्याइरहेको विराटनगर किंग्सबाट ओपनर लोकेश बमले अर्धशतक बनाएका छन् ।  बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १९२ रनको लक्ष्य पछ्याइरहेको विराटनगरबाट लोकेशले ३६ बलमा ५० रन पूरा गरेका हुन् । यसक्रममा उनले दुई चौका र चार छक्का प्रहार गरे ।

जारी खेलको १३ ओभर सकिँदा विराटनगरले चार विकेट गुमाएर १०४ रन बनाएको छ । त्यसअघि टस हारेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९१ रनको योगफल खडा गरेको थियो ।  प्रतियोगितामा लुम्बिनीको यो पहिलो खेल हो । यस्तै, विराटनगरको भने यो तेस्रो खेल हो । विराटनगर आज पहिलो जितको खोजीमा छ । यसअघि विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले र दोस्रो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment