अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १७, २०८१
|
|
३२ पटक हेरिएको
Shares
अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित

सारांश

  • कप्तान अनिल शाहले अर्धशतक प्रहार गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको छ ।
  • अनिलको अविजित ६२ रन मदतमा जनकपुरले कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य १५.
  • १ ओभरमै २ विकेट गुमाएर पूरा गरेको हो ।

१७ मंसिर, काठमाडौं । कप्तान अनिल शाहले अर्धशतक प्रहार गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको छ ।

अनिलको अविजित ६२ रन मदतमा जनकपुरले कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य १५.१ ओभरमै २ विकेट गुमाएर पूरा गरेको हो ।ओपनर अनिलले ४२ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरे । अनिलले मार्की खेलाडी आसिफ शेखसँग पहिलो विकेटका लागि ८४ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए । आसिफले २९ बल खेल्दै २ चौका र २ छक्का मदतमा ३६ रन जोडे ।

दोस्रो विकेटका लागि अनिल र लाहिरु मिलान्थाले ३३ रनको साझेदारी गरे । अघिल्लो खेलमा विराटनगर विरुद्ध अर्धतशक बनाएका मिलान्थाले १३ बलमा २ चौका र २ चौका प्रहार गर्दै २४ रन बनाए । जिम् नीशमले अविजित १६ रन योगदान गरे । ८ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे । कर्णालीका मौसम ढकाल र निशान मक्सुदले समान १ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि साथ दिनुपर्छ : रामहरि खतिवडा
आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि साथ दिनुपर्छ : रामहरि खतिवडा
मोरङको बाल सुधार गृहबाट तीन जना बालक फरार
मोरङको बाल सुधार गृहबाट तीन जना बालक फरार
जनताको आधारभूत आवश्यकता पूरा गर्ने सरकारको उद्देश्य साकार हुँदैछ : मन्त्री यादव
जनताको आधारभूत आवश्यकता पूरा गर्ने सरकारको उद्देश्य साकार हुँदैछ : मन्त्री यादव
हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन
हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन
अमरेशकुमारको प्रश्न– विदेशीले दिएका उपहार प्रधानमन्त्री–मन्त्रीले घरमा लगेर राख्न पाइन्छ ?
अमरेशकुमारको प्रश्न– विदेशीले दिएका उपहार प्रधानमन्त्री–मन्त्रीले घरमा लगेर राख्न पाइन्छ ?
संस्कृतिक कार्यक्रम मेला तथा कुनै कार्यक्रम संचालन गरेमा प्रचलित कानुन बमोजिम कार्यवाही गर्ने: न.पा. प्रमुख सिंह
संस्कृतिक कार्यक्रम मेला तथा कुनै कार्यक्रम संचालन गरेमा प्रचलित कानुन बमोजिम कार्यवाही गर्ने: न.पा. प्रमुख सिंह
आठ अस्पतालमा १५ सेवा थप तथा विस्तार गरिने
आठ अस्पतालमा १५ सेवा थप तथा विस्तार गरिने
अर्थमन्त्री खनाल र जापानका राजदूतबीच भेट
अर्थमन्त्री खनाल र जापानका राजदूतबीच भेट
स्वार्थ समूहको प्रभावमा मन्त्रिपरिषद् विस्तार भएको प्रभु साहको आरोप
स्वार्थ समूहको प्रभावमा मन्त्रिपरिषद् विस्तार भएको प्रभु साहको आरोप
बालेनको प्रस्ताव : संसद् विघटन गरेर अन्तरिम सरकार बनाऔं
बालेनको प्रस्ताव : संसद् विघटन गरेर अन्तरिम सरकार बनाऔं