जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
दाङ। घोराही उपमहानगरपालिका-१५ अमृत टोल बस्ने ५० वर्षीय ठाकुर खनालको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा ठाकुर समेत १७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५२ हजार ५५ रूपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment