माधवलाई अर्को संकट आउँदै, असन्तुष्ट नेताहरुले पार्टी फुटाउँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर १६, २०८१
|
|
३२ पटक हेरिएको
Shares
माधवलाई अर्को संकट आउँदै, असन्तुष्ट नेताहरुले पार्टी फुटाउँदै

सारांश

  • माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) भित्र चरम असन्तुष्टि बढेको छ ।
  • असन्तुष्टिको बावजुद एकीकृत समाजवादीका केही नेता तथा सांसदहरु लामो समयदेखि पार्टी फुटाउने अभ्यास गरिरहेका छन् ।
  • प्रतिनिधि सभामा १० सदस्यीय प्रतिनिधित्व रहेको एकीकृत समाजवादीमा ६ जना सांसद पार्टी विभाजनको पक्षमा उभिएको स्रोतको दाबी छ ।

१६ मंसिर, काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) भित्र चरम असन्तुष्टि बढेको छ । असन्तुष्टिको बावजुद एकीकृत समाजवादीका केही नेता तथा सांसदहरु लामो समयदेखि पार्टी फुटाउने अभ्यास गरिरहेका छन् ।

प्रतिनिधि सभामा १० सदस्यीय प्रतिनिधित्व रहेको एकीकृत समाजवादीमा ६ जना सांसद पार्टी विभाजनको पक्षमा उभिएको स्रोतको दाबी छ ।पार्टी विभाजनको नेतृत्व गर्ने सांसदहरुमा कृष्णकुमार श्रेष्ठ र प्रेम आलेको नाम अग्रभागमा रहेको बताईन्छ । करिब १५० जना केन्द्रीय सदस्यहरु पनि पार्टी विभाजनको पक्षमा उभिएको स्रोतको दाबी छ । गत असारमा महाधिवेशन सकिएपछि पदाधिकारीको निर्वाचन भई ३४४ सदस्यीय केन्द्रीय समिति बनेपनि कार्य विभाजन हुन सकिरहेको छैन ।

पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । एकीकृत समाजवादीका प्रभावशाली नेता मानिने विरोध खतिवडाले नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवादको क्रममा पार्टी फुटेपनि कुनै अनौठो मान्न नहुने बताए । उनले आफ्नो जीवनकालमा धेरै पार्टीहरु फुटेको र जुटेको देखेको बताउँदै एकीकृत समाजवादी फुटेमा आश्चर्य मान्नु नपर्ने बताए ।

‘तपाईँको पार्टी फुट्दैन ? भन्ने प्रश्नमा उनले भने, ‘अहिलेसम्म कुन चाहीँ पार्टी फुटेको छैन र ? अनौठो कुरा, हजारौं वर्षमा नभएको चिज, केही भयो भने पो त्यसलाई आश्चर्य मानेर ओहो यस्तो भएछ । भोलिपर्सी फेरि हुन्छ कि हुँदैन ? भनेर आश्चर्य मानेर गफ गर्नु । हाम्रै जीवनकालमा पार्टीहरु फुटेको पनि देखेका छौं, जुटेको पनि देखेका छौं । मारामार झगडा गरेको पनि देखेका छौं, लभ परेर चाटाचाट गरेको पनि देखेका छौं । हरिद्वार र मलद्वार भनेको पनि सुनेका छौं । हाम्रै कार्यकालमा सबै देखिइएको छ । यी सामान्य कुरा हुन्,’– उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस छानबिन समितिमा तयार नहुँदा प्रतिपक्षीसँग कुरा मिलेन, संसद् बैठक अनिश्चित
कांग्रेस छानबिन समितिमा तयार नहुँदा प्रतिपक्षीसँग कुरा मिलेन, संसद् बैठक अनिश्चित
इटहरीमा मोटरसाइकललाई ट्रकले ठक्कर दिंदा २ जनाको मृत्यु
इटहरीमा मोटरसाइकललाई ट्रकले ठक्कर दिंदा २ जनाको मृत्यु
बढ्यो  नेप्से१० अर्ब ८७ करोडको सेयर कारोबार,
बढ्यो नेप्से१० अर्ब ८७ करोडको सेयर कारोबार,
‘आ बाट आमा’ को प्रचार गर्न धनगढी पुगे कलाकार विपना र पल
‘आ बाट आमा’ को प्रचार गर्न धनगढी पुगे कलाकार विपना र पल
यात्रुवाहक बस सप्तकोशीमा खस्यो, सबै यात्रुको सकुशल उद्धार
यात्रुवाहक बस सप्तकोशीमा खस्यो, सबै यात्रुको सकुशल उद्धार
देश संकटतिर गयो संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका लागि एकजुट बनौंः नेदेप्रमञ्च
देश संकटतिर गयो संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका लागि एकजुट बनौंः नेदेप्रमञ्च
इरान बन्दरगाहमा विस्फोट : चार जनाको मृत्यु, करिब ५०० घाइते
इरान बन्दरगाहमा विस्फोट : चार जनाको मृत्यु, करिब ५०० घाइते
गण्डकीमा नेकपा एमालेबाट नियुक्त ४ जना मन्त्रीले शपथ
गण्डकीमा नेकपा एमालेबाट नियुक्त ४ जना मन्त्रीले शपथ
बिपी राजमार्ग बन्द भएपछि काठमाडौं–रामेछाप हवाइसेवा सञ्चालन गर्न माग
बिपी राजमार्ग बन्द भएपछि काठमाडौं–रामेछाप हवाइसेवा सञ्चालन गर्न माग
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति