२६ जेष्ठ २०८२, आईतवार

सुनको मूल्य फेरि घट्यो कतिमा हुदैछ कारोबार ?

१३ मंसिर, काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।बुधबार चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment