दुई वर्षअघिनै निर्माण सक्नुपर्ने रङ्गशाला अझै अलपत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ९, २०८१
|
|
२८ पटक हेरिएको
Shares
दुई वर्षअघिनै निर्माण सक्नुपर्ने रङ्गशाला अझै अलपत्र

सारांश

  • सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा निर्माणाधीन मिनी रङ्गशालाको निर्माण कार्य फेरि रोकिएको छ ।
  • काम नगरी ठेकेदार कम्पनी गिरी जेभी कन्स्ट्रक्सन फरार भएपछि रङ्गशालाको काम अगाडि बढ्न नसकेको हो ।
  • २०७६ सालबाट निर्माण सुरु गरिएको मिनी रङ्गशालाको निर्माण ३ वर्षमा सक्नु पर्ने सरकार र ठेकेदार कम्पनीको सम्झौता थियो ।

 

९ मंसिर, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा निर्माणाधीन मिनी रङ्गशालाको निर्माण कार्य फेरि रोकिएको छ । काम नगरी ठेकेदार कम्पनी गिरी जेभी कन्स्ट्रक्सन फरार भएपछि रङ्गशालाको काम अगाडि बढ्न नसकेको हो ।

२०७६ सालबाट निर्माण सुरु गरिएको मिनी रङ्गशालाको निर्माण ३ वर्षमा सक्नु पर्ने सरकार र ठेकेदार कम्पनीको सम्झौता थियो । तर ठेकेदार गिरी जेभी कन्स्ट्रक्सनले पार्टनर जेभी लिम्बु सुनकोसी कन्स्ट्रक्सन कामको जिम्मा दिई आफू फरार हुँदा निर्माण कार्य अलपत्र अवस्थामा पुगेको हो ।  रङ्गशाला निर्माणका लागि सरकारले दुई पटक म्याद थपेको थियो । तर पनि ठेकेदारले काम नगरेपछि निर्माण कार्यका लागि थपिएको दुई पटकको समयमा सुस्त पाराको कामले रङ्गशाला पूरा गर्न सकेन । थपिएको दुई पटकको समय पनि गत वर्षको चैतमा सकिएको छ । त्यसपछि त निर्माण कार्य नै छाडेर ठेकेदार पक्ष बेपत्ता अवस्थामा छ ।

४१ करोड ६२ लाख रुपियाँमा ठेक्का पाएको निर्माण कम्पनीले यति लामो समयसम्म बल्ल ७० प्रतिशत काम गरेको थियो । अहिले बाँकी काम बेवारिसे तरीकाले छाडेर ठेकेदार फरार छ । बाँकी काम गर्न छाडेर बेपत्ता अवस्थामा रहेको निर्माण कम्पनीले सरकारले पुन तेस्रो पटक म्याद थप्नु पर्ने र भूत्तानी तत्काल दिएमा रोकिएको कामले गति पाउने ठेकेदार पक्षका सुनकोसी गिरी जेभीका प्रतिनिधि जेवी लिम्बुले सरकारसँग माग राख्नुभएको छ । म्याद मात्रै थप माग गर्ने तर काम नगर्ने ठेकेदारलाई तत्काल कारबाही हुनुपर्ने स्थानीयवासी बलेदेव तिमल्सिनाले सरकारसँग आग्रह गर्नुभएको छ । असोजदेखि नै ठेकेदारले काम छाडेर फरार हुँदा सरकारले ठेकेदारलाई कालोसूचीमा राख्नु पर्ने उहाँले बताउनुभयो ।

दोस्रो पटक म्याद थपेपछि ठेकेदार कम्पनीले निर्माण कार्यलाई सुस्त ढङ्गले अगाडि बढाएको थियो । यदि तीव्र रूपमा निर्माण कार्य गरेको भएमा थपिएकै अवधिमा काम सम्पन्न हुने थियो । म्याद मात्रै थपको माग गर्ने तर काम नगर्ने निर्माण कम्पनीलाई ठेक्का सम्झौता गर्न नै नहुने सिन्धुवासीको धारणा छ । असोजदेखि अहिलेसम्म काम छाडेर निर्माण कम्पनी फरार हुँदा मिनी रङ्गशाला निर्माण अलपत्र रहदैं आएको छ । ६ हजार दर्शक अट्ने र ५ सय सवारीसाधन पार्किङ गर्न मिल्ने क्षमताको रङ्गशाला निर्माण कार्य अलपत्र हुदाँँ ठेकेदारको मनोमानी बढेको छ ।बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयलाई अलपत्र अवस्थामा रहेको सो रङ्गशालाको पछिल्लो अवस्था अनुगमन गरी निर्णय गर्न अधिकार छ ।

तर उक्त मन्त्रालयले अनुगमन र निर्णय छिटो नगर्दा अन्योल बढेको छ । प्रदेश सरकारले यस विषयमा तत्काल निर्णय लिनु पर्ने जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ बताउनु हुन्छ । मिनी रङ्गशाला निर्माण भएकोले टुँडिखेल मैदानमा ६ वर्ष बढी समयदेखि कुनै पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल भएका छैनन् । खेलकुदका विभिन्न प्रतियोगिता अन्यत्रका मैदानमा गर्नु पर्ने बाध्यता रहेको सिन्धुपाल्चोक फुटबल सङ्घका पदाधिकारीहरू बताउँछन् । ६ वर्षदेखि उक्त मैदानमा निर्माण सामाग्री यत्रतत्र छरिएर रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षा विधेयक सके सहमतिमा नभए फरक मत राखेर भए पनि प्रतिनिधिसभासम्म पुर्‍याऊँ : सुमना श्रेष्ठ
शिक्षा विधेयक सके सहमतिमा नभए फरक मत राखेर भए पनि प्रतिनिधिसभासम्म पुर्‍याऊँ : सुमना श्रेष्ठ
जनजागरण अभियानका लागि बाँके पुगे प्रचण्ड
जनजागरण अभियानका लागि बाँके पुगे प्रचण्ड
टिकटक बन्द नगरे आइएसपीहरूलाई कारबाही गर्छौं : प्राधिकरण
टिकटक बन्द नगरे आइएसपीहरूलाई कारबाही गर्छौं : प्राधिकरण
४० किलो गाँजासहित पाँच जना पक्राउ
४० किलो गाँजासहित पाँच जना पक्राउ
नेकपा केन्द्रीय सदस्यहरूको सपथ ग्रहण आज पेरिसडाँडामा
नेकपा केन्द्रीय सदस्यहरूको सपथ ग्रहण आज पेरिसडाँडामा
सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो
सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो
बझाङ भूकम्प पीडितलाई राहत दिन निर्देशन भइसकेको छ : प्रधानमन्त्री
बझाङ भूकम्प पीडितलाई राहत दिन निर्देशन भइसकेको छ : प्रधानमन्त्री
प्रतिनिधि सभामा ‘मर्यादासम्बन्धी विधेयक’ अघि बढाउने सांसद भेटिएनन्
प्रतिनिधि सभामा ‘मर्यादासम्बन्धी विधेयक’ अघि बढाउने सांसद भेटिएनन्
मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का गर्न युवा संगठनहरुको माग
मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का गर्न युवा संगठनहरुको माग
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?