सुर्खेतको पञ्चपुरीमा जीप दुर्घटना हुँदा १४ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर ८, २०८१
|
|
३७ पटक हेरिएको
Shares
सुर्खेतको पञ्चपुरीमा जीप दुर्घटना हुँदा १४ जना घाइते

सारांश

  • शनिवार बाबियाचौरबाट चिसापानीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १५०७ नम्बरको जिप पञ्चपुरी नगरपालिका-५, गरगरेस्थित बाबियाचौर कुइने भित्री सडक खण्डमा दुर्घटनामा परेको हो।
  • दुर्घटनाबाट करिब १४ जना यात्रु घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
  • घाइते हुनेहरूमा सुर्खेत पञ्चपुरी नगरपालिका ५ बस्ने वर्ष ५६ कि पार्वती घर्ती मगर र नर बहादुर देउवा, वडा नम्बर ९ बस्ने वर्ष २० कि वर्षा सुनार र वर्ष ४० का वीरेन्द्र सुनार, वडा नम्बर ८ बस्ने वर्ष ३५ का शिव राज सुनार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारले जानकारी दिए।

वीरेन्द्रनगर : सुर्खेतको पञ्चपुरी नगरपालिकामा जिप दुर्घटनामा परेको छ। शनिवार बाबियाचौरबाट चिसापानीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १५०७ नम्बरको जिप पञ्चपुरी नगरपालिका-५, गरगरेस्थित बाबियाचौर कुइने भित्री सडक खण्डमा दुर्घटनामा परेको हो।

दुर्घटनाबाट करिब १४ जना यात्रु घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। घाइते हुनेहरूमा सुर्खेत पञ्चपुरी नगरपालिका ५ बस्ने वर्ष ५६ कि पार्वती घर्ती मगर र नर बहादुर देउवा, वडा नम्बर ९ बस्ने वर्ष २० कि वर्षा सुनार र वर्ष ४० का वीरेन्द्र सुनार, वडा नम्बर ८ बस्ने वर्ष ३५ का शिव राज सुनार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारले जानकारी दिए।

यस्तै पञ्चपुरी नगरपालिका–२ बस्ने वर्ष ३२ कि भावना रोकाय दैलेख दुल्लु नगरपालिका–३ बस्ने वर्ष २२ का प्रकाश महत, कैलाली घोडाघोडी नगरपालिका–७ बस्ने थर नखुलेका वर्ष ३७ का सन्तोष र वर्ष ३६ कि सरस्वती धामी, कैलाली लम्की नगरपालिका–६ बस्ने वर्ष ८ कि प्रिती घिमिरे र वर्ष ३० कि टीका घिमिरे घाइते भएका छन्।

प्रहरीका अनुसार घोडाघोडी नगरपालिका–४ बस्ने वर्ष ४५ का खगेन्द्र कँडेल र डडेलधुरा पर्सुराम नगरपालिका–६ बस्ने वर्ष ३० का गणेश प्रसाद जैसी घाइते भएका छन्। घाइतेहरूको बाबियाचौरस्थित पञ्चपुरी अस्पतालमा उपचार भइरहेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। जिप आफैं अनियन्त्रित भए सडकको बायाँ किनाराबाट करिब १० मिटर तल खसेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै, गण्डक ब्यारेजका सबै ढोका खुला
नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै, गण्डक ब्यारेजका सबै ढोका खुला
ताँजाकाेट गाउँपालिका कार्यालयमा आगलागी
ताँजाकाेट गाउँपालिका कार्यालयमा आगलागी
एकैदिन पाँच हजारले बढ्यो सुनको मूल्य, चाँदीमा पनि भारी वृद्धि
एकैदिन पाँच हजारले बढ्यो सुनको मूल्य, चाँदीमा पनि भारी वृद्धि
बन्दसूची संशोधन गर्न दलहरूलाई आयोगको ७ दिनको समय
बन्दसूची संशोधन गर्न दलहरूलाई आयोगको ७ दिनको समय
बाल मन्दिर प्रकरण : विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता
बाल मन्दिर प्रकरण : विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता
सुदूरपश्चिममा ‘घुमुवा’ प्रहरीमाथि डीआईजीको निगरानी, विवादमा परेकाहरू प्रदेश तानिंदै
सुदूरपश्चिममा ‘घुमुवा’ प्रहरीमाथि डीआईजीको निगरानी, विवादमा परेकाहरू प्रदेश तानिंदै
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
जसपाका मधेश प्रदेश सांसद सरोज सिंह पक्राउ
जसपाका मधेश प्रदेश सांसद सरोज सिंह पक्राउ
शिक्षा मन्त्रीको राजीनामासँग कुनै सम्झौता हुँदैन : कक्रोच जनता पार्टी
शिक्षा मन्त्रीको राजीनामासँग कुनै सम्झौता हुँदैन : कक्रोच जनता पार्टी
नेपाल मोबाइल ब्यवसायी संघ काठमाडौंमा नयाँ नेतृत्व
नेपाल मोबाइल ब्यवसायी संघ काठमाडौंमा नयाँ नेतृत्व