कार दुर्घटनामा २ नेपालीको मृत्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर ८, २०८१
|
|
३२ पटक हेरिएको
Shares
कार दुर्घटनामा २ नेपालीको मृत्य

सारांश

  • अमेरिकाको भर्जिनिया च्यान्टिली नजिकै भएको एउटा भयानक कार दुर्घटनामा परी दुई जना नेपालीको ज्यान गएको छ।
  • दुर्घटनामा ज्यान गुमाउने एक जना रुकुम जिल्लाको आठबिसकोट नगर पालिका ७ का सुरेश केसी र बर्दियाका विवेक सुबेदी रहेका छन् ।
  • शुक्रबार भएको उक्त दुर्घटनामा एक अर्का नेपाली घाइते भएका छन् ।

८ मंसिर, काठमाडौँ । अमेरिकाको भर्जिनिया च्यान्टिली नजिकै भएको एउटा भयानक कार दुर्घटनामा परी दुई जना नेपालीको ज्यान गएको छ। दुर्घटनामा ज्यान गुमाउने एक जना रुकुम जिल्लाको आठबिसकोट नगर पालिका ७ का सुरेश केसी र बर्दियाका विवेक सुबेदी रहेका छन् ।

शुक्रबार भएको उक्त दुर्घटनामा एक अर्का नेपाली घाइते भएका छन् । घाइते हुनेमा काठमाडौंका मेहुल श्रेष्ठ रहेका छन्। उनको अहिले अस्पतालमा उपचार भैरहेको छ । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ। कार चालक ३० वर्षीय नेपाली विजय तामाङ भने सुरक्षित छन् । उनलाई दुई जनाको हत्या अभियोगमा लाउडाउन काउन्टी सेरिफ कार्यालयले मुद्दा चलाउने तयारी गरेको छ ।

एन.आर.एन.ए. भर्जिनियाका अध्यक्ष विशाल कार्कीले परिवारजन र स्थानीय लाउडाउन काउन्टी सेरिफ कार्यालय सँग सम्पर्क गरेर कसरी अघि बढने भन्ने विषयमा छलफल गर्ने बताएका छन् । लाउडाउन काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक दुर्घटना हुने समयमा चालकले अत्याधिक मदिरा सेवन गरेको अमेरीकी प्रहरीको भनाइ छ । अत्यधिक गतिमा चलाइएको उक्त कार नियन्त्रण गुमेपछि सडक बाट बाहिर पुगी रुखहरूमा ठोक्किएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल दु*र्घटनामा प्रहरी सहायक हबल्दारको मृ*त्यु
मोटरसाइकल दु*र्घटनामा प्रहरी सहायक हबल्दारको मृ*त्यु
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
नक्कली नोट बनाउँदै गरेको अवस्थामा सर्लाहीबाट ८ जना पक्राउ
नक्कली नोट बनाउँदै गरेको अवस्थामा सर्लाहीबाट ८ जना पक्राउ
सप्तरीमा डाँका समूहद्वारा एक जनाको ह*त्या, नगद र गहना लुटपाट
सप्तरीमा डाँका समूहद्वारा एक जनाको ह*त्या, नगद र गहना लुटपाट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मेहताको निधनपछि आफन्तले शव उठाउन मानेनन्, कप्तानगञ्जमा रूख ढालेर सडक अवरोध
मेहताको निधनपछि आफन्तले शव उठाउन मानेनन्, कप्तानगञ्जमा रूख ढालेर सडक अवरोध
विशाल ग्रुपको गोदाममा एक जनाको श*व फेला
विशाल ग्रुपको गोदाममा एक जनाको श*व फेला
अब ‘अपरेसन सिन्दूर’ भारतको ‘न्यु नर्मल’: मोदी
अब ‘अपरेसन सिन्दूर’ भारतको ‘न्यु नर्मल’: मोदी
सरकारले शून्य कार्बन उत्सर्जनको लक्ष्यसहित काम गरिरहेको छ : ऊर्जामन्त्री खड्का
सरकारले शून्य कार्बन उत्सर्जनको लक्ष्यसहित काम गरिरहेको छ : ऊर्जामन्त्री खड्का
सशस्त्र र नेपाल प्रहरी विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदको स्वीकृति
सशस्त्र र नेपाल प्रहरी विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदको स्वीकृति