Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

दुई मोटरसाइकल एकआपसमा ठोक्किंदा ३ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर ७, २०८१
|
|
३९ पटक हेरिएको
Shares
दुई मोटरसाइकल एकआपसमा ठोक्किंदा ३ जनाको मृत्यु

सारांश

  • प्रहरीका अनुसार दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाएर अपरान्ह ४:४५ बजेतिर दुर्घटना भएको हो ।
  • पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए ।
  • उनका अनुसार दुर्घटनामा परेर मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का अन्दाजी ४०÷४२ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका–४ रमाइलोका अन्दाजी २७/२८ वर्षीय किशोर गुरुङ र कानेपोखरी–४ कै अन्दाजी २८ वर्षीय अमृत लिम्बूको मृत्यु भएको हो ।

 

७ मंसिर,  विराटनगर : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा बिहीबार अपरान्ह मोटरसाइकल दुर्घटना भएर मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

प्रहरीका अनुसार दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाएर अपरान्ह ४:४५ बजेतिर दुर्घटना भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का अन्दाजी ४०÷४२ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका–४ रमाइलोका अन्दाजी २७/२८ वर्षीय किशोर गुरुङ र कानेपोखरी–४ कै अन्दाजी २८ वर्षीय अमृत लिम्बूको मृत्यु भएको हो ।

गम्भीर घाइते भएपछि उपचारका लागि धिमाललाई उर्लाबारीकै अरनिको अस्पताल र गुरुङलाई मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । प्रहरीका अनुसार पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएका लिम्बूलाई उपचारका क्रममा साँझ पौने ७ बजेतिर चिकित्सकले मृत घोषित गरेको जानकारी प्रहरीले दिएको छ । लिम्बूको मृत्युसँगै उर्लाबारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको हो ।

दुर्घटनामा पथरीशनिश्चरे–५ का २५/३० वर्षीय विष्णु धिमाल गम्भीर घाइते भएको एसपी चिमरियाले बताए । उनका अनुसार बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेर दुवै मोटरसाइकल पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । प्रदेश १–०२–०५० प ८४०६ नम्बरको मोटरसाइकलका चालक दीपक धिमाल रहेको प्रहरीले पत्ता लगाएको छ । अर्को मोटरसाइकलका चालकको नाम खुलेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आधा घण्टालाई स्थगित संसद् अझै सुरु भएन
आधा घण्टालाई स्थगित संसद् अझै सुरु भएन
काठमाडौं जिल्ला अदालतको सेवा अनिश्चित कालका लागि स्थगित
काठमाडौं जिल्ला अदालतको सेवा अनिश्चित कालका लागि स्थगित
डिकेटेड फिडर तथा ट्रंक लाईन बक्यौता २१ दिनभित्र भुक्तानि गर्न प्राधिकरणको निर्देशन
डिकेटेड फिडर तथा ट्रंक लाईन बक्यौता २१ दिनभित्र भुक्तानि गर्न प्राधिकरणको निर्देशन
दुई सय अर्ब डलरको प्रतिबद्धता बिल गेट्सको मानवताप्रतिको इतिहासमै अद्वितीय उपहार
दुई सय अर्ब डलरको प्रतिबद्धता बिल गेट्सको मानवताप्रतिको इतिहासमै अद्वितीय उपहार
दुई राजदूत अस्वीकृत : संसदीय सुनवाइ समितिको निर्णय ऐतिहासिक र साहसिक
दुई राजदूत अस्वीकृत : संसदीय सुनवाइ समितिको निर्णय ऐतिहासिक र साहसिक
कांग्रेसका १२ जना मन्त्री मध्यरातसम्म बुढानीलकण्ठमा, सरकारको गतिविधिबारे ५ घण्टा छलफल
कांग्रेसका १२ जना मन्त्री मध्यरातसम्म बुढानीलकण्ठमा, सरकारको गतिविधिबारे ५ घण्टा छलफल
नेपाल हङकङसँग पराजित
नेपाल हङकङसँग पराजित
डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते
डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते
नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री
नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री
टुँडिखेलमा बुधबार सेनाले स्थापना दिवस मनाउने, के-के छन् कार्यक्रम ?
टुँडिखेलमा बुधबार सेनाले स्थापना दिवस मनाउने, के-के छन् कार्यक्रम ?