२६ जेष्ठ २०८२, आईतवार

आज उपनिर्वाचन उम्मेदवारको नामावली प्रकाशन गरिँदै

 

४ मंसिर, काठमाडौँ ।  यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज (मंसिर ४ गते) उम्मेदवारको नामावली प्रकाशन गरिदिँदै छ। निर्वाचन कार्यतालिकाअनुसार आज साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने भएको हो।

यसअघि सोमबार (मंसिर ३ गते) उम्मेदवारविरुद्ध उजुरी लिने, त्यसपछि मनोनयनपत्र र उजुरीको जाँचबुझ एवं निर्णय गर्ने कार्यक्रम थियो। अब आज उम्मेदवारको नामावली प्रकाशन गरिने भएको हो।  यसपछि भोलि मंसिर ५ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने छन् भने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। अनि यही दिन दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ।

यसपछि मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ।निधनलगायत विभिन्न कारणले देशका विभिन्न स्थानीय तहमा रिक्त ४४ स्थानमा पदपूर्तिका लागि उपनिर्वाचन गर्न लागिएको हो।  उक्त उपनिर्वाचनले जिल्ला समन्वय समितिका प्रमुख २ जना, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ जना निर्वाचित गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?