डा. बैकुण्ठ अर्यालले दिए राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर ३, २०८१
|
|
२२ पटक हेरिएको
Shares
डा. बैकुण्ठ अर्यालले दिए राजीनामा

सारांश

  • राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारी तोकिएका डा.
  • बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन् ।
  • आइतबारमात्र राष्ट्रिय योजना आयोगमा हाजिर भएका उनले आज राजीनामा दिएको उनी निकट स्रोतले बतायो ।

 

३ मंसिर, काठमाडौं । राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारी तोकिएका डा. बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन् । आइतबारमात्र राष्ट्रिय योजना आयोगमा हाजिर भएका उनले आज राजीनामा दिएको उनी निकट स्रोतले बतायो ।

आगामी मन्त्रिपरिषद बैठकले उनको राजीनामाबारे निर्णय गर्ने छ । १४ कात्तिकमा भ्रष्टाचार मुद्दामा सफाइ पाएका अर्यालले आइतबारमात्र रमानापत्र अनुसार राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतका रुपमा हाजिर भएका थिए । अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको आरोपमा गत ९ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अर्यालले विशेष अदालतबाट सफाइ पाएका थिए ।

मुद्दा जितेसँगै निलम्बन फुकुवा भएकाले उनी पुनः सरकारी जिम्मेवारीमा फर्किएका थिए । अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको भोलिपल्ट १० असारमा मन्त्रिपरिषद बैठकले योजना आयोगमा विशिष्ट श्रेणीको मुख्यसचिव सरहको पद सिर्जना गर्दै उनलाई सरुवा गरेको थियो । ‘नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल स्वतः निलम्बनमा रहनु भएको सन्दर्भमा राष्ट्रिय योजना आयोगमा विशेष अधिकृत (राजपत्राङ्कित विशिष्ट श्रेणी, मुख्यसचिवसरह) पद सिर्जना गरी निजको पदाधिकार उक्त पदमा सार्ने’, मन्त्रिपरिषदको निर्णयमा भनिएको थियो ।

यो पदका लागि आयोगमा कुनै जिम्मेवारी नतोकिएकाले उनले त्यहाँ कुनै अधिकारसहित काम भने गर्न पाउने छैनन् । मुद्दा लागेको भोलिपल्टै अर्याललाई सरुवा गर्ने निर्णयपछि लीलादेवी गड्तौला निमित्त हुँदै ३१ असारमा कायममुकायम मुख्यसचिव नियुक्त भएकी थिइन् । त्यसपछि १० साउनमा मुख्यसचिव नियुक्त भएकी उनले अवकाश पाएपछि १३ भदौमा एकनारायण अर्याल मुख्यसचिव नियुक्त भएका थिए । अहिले डा. बैकुण्ठ अर्याल र एकनारायण अर्याल दुवै जना नेपाल सरकारको विशिष्ट श्रेणीको मुख्यसचिव वा सरहको पदमा कायम छन् । यस्तो अवस्थामा १० असारको मन्त्रिपरिषदको निर्णय अनुसार नै अर्याललाई योजना आयोगमा सिर्जित विशेष दरबन्दीका लागि रमाना दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको भारत भ्रमणबाट पञ्चेश्वर परियोजना अघि बढाउने गृहकार्य हुँदैछ : उर्जामन्त्री खड्का
प्रधानमन्त्रीको भारत भ्रमणबाट पञ्चेश्वर परियोजना अघि बढाउने गृहकार्य हुँदैछ : उर्जामन्त्री खड्का
नक्साल भाटभटेनीमा लुटपाटपछि आगजनी
नक्साल भाटभटेनीमा लुटपाटपछि आगजनी
बागमती प्रदेशसभाको बैठक बस्दै
बागमती प्रदेशसभाको बैठक बस्दै
यस्तो छ, आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने
सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने
दोस्रो संस्करणको एनपिएल आजदेखि: उद्घाटन खेलमा जनकपुर र काठमाडौं  भिड्दै
दोस्रो संस्करणको एनपिएल आजदेखि: उद्घाटन खेलमा जनकपुर र काठमाडौं भिड्दै
भारतीय प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले गरे लुम्बिनी भ्रमण
भारतीय प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले गरे लुम्बिनी भ्रमण
सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै
सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै
नेपालको शानदार बलिङ, युएईविरुद्ध नेपाललाई ८४ रनको लक्ष्य
नेपालको शानदार बलिङ, युएईविरुद्ध नेपाललाई ८४ रनको लक्ष्य
आजको लागि विदेशी मुद्राको विनिमयदर
आजको लागि विदेशी मुद्राको विनिमयदर