विवाहपञ्चमीका लागि जनकपुरबाट अयोध्या निम्तो पठाइयो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १, २०८१
|
|
३४ पटक हेरिएको
Shares
विवाहपञ्चमीका लागि जनकपुरबाट अयोध्या निम्तो पठाइयो

सारांश

  • विवाह पञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट विश्व हिन्दुपरिषदका पदाधिकारीहरु तिलक र निमन्त्रणा पत्र लिएर भारतको अयोध्या गएका छन् ।
  • भगवान राम र सीताको विवाहलाई लिएर ५ सयको संख्यामा तिलक र अयोध्याबाट २१ मंसिरमा विवाह पञ्चमीका दिन आउने जन्तीका लागि आमन्त्रण पत्रसहित अयोध्याका लागि शनिबार प्रस्थान गरेका हुन् ।
  • तिलक लिएर जाने टोलीलाई मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिदाइ गरे ।

१ मंसिर, जनकपुरधाम । विवाह पञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट विश्व हिन्दुपरिषदका पदाधिकारीहरु तिलक र निमन्त्रणा पत्र लिएर भारतको अयोध्या गएका छन् ।

भगवान राम र सीताको विवाहलाई लिएर ५ सयको संख्यामा तिलक र अयोध्याबाट २१ मंसिरमा विवाह पञ्चमीका दिन आउने जन्तीका लागि आमन्त्रण पत्रसहित अयोध्याका लागि शनिबार प्रस्थान गरेका हुन् । तिलक लिएर जाने टोलीलाई मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिदाइ गरे । मुख्यमन्त्री सिंह मंसिर २ गते वीरगञ्जमा यही टोलीमा सहभागी भएर त्यहाँबाट तिलकसहित अयोध्या जाने कार्यक्रम रहेको छ ।

तिलक लिएर जाने समूह २ गते नै अयोध्या पुग्ने र ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दु परिषद्का महासचिव राजेन्द्र सिंह पंकजको अगुवाइमा चम्पत रायलाई हस्तान्तरण गरिने बताइएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सिंहले तिलक उत्सव भव्यताका साथ सम्पन्न हुनेमा विश्वस्त रहेको बताए । प्रत्येक पाँच वर्षमा अयोध्याबाट जन्ती आउने र त्यसका लागि मधेस प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।त्रेतायुगदेखि कायम सम्बन्धलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

धार्मिक पर्यटकका लागि पनि यो महत्वपूर्ण बन्ने उनको भनाइ छ । त्यस्तै जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले नेपाल र भारतबीचको प्राचीन सम्बन्ध रहेको र यो सम्बन्ध कहिल्यै कमजोर हुनु नहुने बताए ।विश्व हिन्दू परिषद् को सक्रियतामा विगत वर्ष झैँ यस वर्ष पनि सामुहिक विवाहको कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्याउ बोक्ने कन्टेनरमा भेटिएको थियो साढे ७ किलो सुन
स्याउ बोक्ने कन्टेनरमा भेटिएको थियो साढे ७ किलो सुन
अधिक तरलता हुँदा अन्तरबैंक दर घट्यो, बढाउन ८० अर्ब निक्षेप संकलन
अधिक तरलता हुँदा अन्तरबैंक दर घट्यो, बढाउन ८० अर्ब निक्षेप संकलन
बेलायती राजदूत फेन र गृहमन्त्री अर्यालबीच भेटवार्ता
बेलायती राजदूत फेन र गृहमन्त्री अर्यालबीच भेटवार्ता
पोखरा-जोमसोम हवाई उडानको सङ्ख्या घट्यो
पोखरा-जोमसोम हवाई उडानको सङ्ख्या घट्यो
मधेश प्रदेशमा राष्ट्रिय भिटामिन ’ए’ कार्यक्रम सुरु
मधेश प्रदेशमा राष्ट्रिय भिटामिन ’ए’ कार्यक्रम सुरु
स्वीकृत भयो निजीकण (पहिलो संशोधन) अध्यादेश
स्वीकृत भयो निजीकण (पहिलो संशोधन) अध्यादेश
रास्वपाको बृहत्तर एकता घोषणा सभा सोमबार हुने
रास्वपाको बृहत्तर एकता घोषणा सभा सोमबार हुने
कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने प्रचण्ड हो : ओली
कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने प्रचण्ड हो : ओली
दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकताः पूर्व राष्ट्रपति भण्डारी
दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकताः पूर्व राष्ट्रपति भण्डारी
यस पटक पनि सबैको नजर सफल पूर्व कप्तान महेन्द्र सिंह धोनीमा हुने छ [ धोनीले आइपीएल खेल्ने ]
यस पटक पनि सबैको नजर सफल पूर्व कप्तान महेन्द्र सिंह धोनीमा हुने छ [ धोनीले आइपीएल खेल्ने ]