चार महिनामा ३४ लाख ९८ हजार राजस्व संकलन
१ मंसिर, सुलीकोट । गोरखामा ट्राफिक प्रहरीले गत साउनदेखि कात्तिक मसान्तसम्म चार महिनाको अबधिमा ३४ लाख ९८ हजार रुपियाँ राजस्व संकलन संकलन गरेको छ ।
ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनबाट कारबाही तथा जरीबाना गरी राजस्व रकम असुलउपर गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख तारापति अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक बर्षको साउन महिनादेखि कात्तिक मसान्तसम्ममा ३ हजार ७ सय ७३ वटा बिभिन्न सवारी साधन कारबाहीमा परेका छन् । जसमध्ये सबैभन्दा बढी मोटरसाईकल १ हजार ८ सय ४७, जिप, कार र भ्यान ८ सय ८३, ट्रक, टिपर ३ सय ८२, बस ४२८ र २२१ वटा टयाक्टर सवारी साधन जरीवाना तथा कारबाहीबाट कुल ३४ लाख ९८ हजार रुपियाँ राजस्व रकम असुल भएको जिल्ला ट्राफिक प्रमुख अर्यालले बताउनुभयो ।
गोरखामा अत्यधिक मात्राामा बिनालाइसेन्स सवारी साधन चलाउने, बिलबुक नबोक्ने र लापारबाही तरीकाबाट ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारवाही गरी जरिवाना गरिएको ट्राफिक प्रमुख अर्याललको भनाइ छ । गोरखामा सबैभन्दा बढी कारवाही दुई पाङग्रे मोटरसाइकलले नियम उल्लङ्घन गरेबापत कारबाही गरेको प्रहरीको भनाइ छ । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कसुर हेरी ५०० देखि तीन हजारसम्म जरिवाना गर्ने गरिएको छ ।
गोरखामा ट्राफिक प्रहरी कार्यालय गोरखाले नियम उल्लङ्घन गरी सवारी साधन चलाउने चालकलाई सचेत गरी पठाइएकाले अझ कम सवारी साधन कारबाही परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
Post Comment