चार महिनामा ३४ लाख ९८ हजार राजस्व संकलन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १, २०८१
|
|
७१ पटक हेरिएको
Shares
चार महिनामा ३४ लाख ९८ हजार राजस्व संकलन

सारांश

  •  गोरखामा ट्राफिक प्रहरीले गत साउनदेखि कात्तिक मसान्तसम्म चार महिनाको अबधिमा ३४ लाख ९८ हजार रुपियाँ राजस्व संकलन संकलन गरेको छ ।
  • ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनबाट कारबाही तथा जरीबाना गरी राजस्व रकम असुलउपर गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख तारापति अर्यालले जानकारी दिनुभयो ।
  •   उहाँका अनुसार चालु आर्थिक बर्षको साउन महिनादेखि कात्तिक मसान्तसम्ममा ३ हजार ७ सय ७३ वटा बिभिन्न सवारी साधन कारबाहीमा परेका छन् ।

१ मंसिर, सुलीकोट । गोरखामा ट्राफिक प्रहरीले गत साउनदेखि कात्तिक मसान्तसम्म चार महिनाको अबधिमा ३४ लाख ९८ हजार रुपियाँ राजस्व संकलन संकलन गरेको छ ।

ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनबाट कारबाही तथा जरीबाना गरी राजस्व रकम असुलउपर गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख तारापति अर्यालले जानकारी दिनुभयो ।  उहाँका अनुसार चालु आर्थिक बर्षको साउन महिनादेखि कात्तिक मसान्तसम्ममा ३ हजार ७ सय ७३ वटा बिभिन्न सवारी साधन कारबाहीमा परेका छन् । जसमध्ये सबैभन्दा बढी मोटरसाईकल १ हजार ८ सय ४७, जिप, कार र भ्यान ८ सय ८३,  ट्रक, टिपर ३ सय ८२, बस ४२८ र २२१ वटा टयाक्टर सवारी साधन जरीवाना तथा कारबाहीबाट कुल ३४ लाख ९८ हजार रुपियाँ राजस्व रकम असुल भएको जिल्ला ट्राफिक प्रमुख अर्यालले बताउनुभयो ।

गोरखामा अत्यधिक मात्राामा बिनालाइसेन्स सवारी साधन चलाउने, बिलबुक नबोक्ने र लापारबाही तरीकाबाट ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारवाही गरी जरिवाना गरिएको ट्राफिक प्रमुख अर्याललको भनाइ छ । गोरखामा सबैभन्दा बढी कारवाही दुई पाङग्रे मोटरसाइकलले नियम उल्लङ्घन गरेबापत कारबाही गरेको प्रहरीको भनाइ छ । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कसुर हेरी ५०० देखि तीन हजारसम्म जरिवाना गर्ने गरिएको छ ।

गोरखामा ट्राफिक प्रहरी कार्यालय गोरखाले नियम उल्लङ्घन गरी सवारी साधन चलाउने चालकलाई सचेत गरी पठाइएकाले अझ कम सवारी साधन कारबाही परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पचरौताका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा
पचरौताका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा
हेटौँडामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
हेटौँडामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
स्वार्थ समूहको प्रभावमा मन्त्रिपरिषद् विस्तार भएको प्रभु साहको आरोप
स्वार्थ समूहको प्रभावमा मन्त्रिपरिषद् विस्तार भएको प्रभु साहको आरोप
सुनको मूल्य फेरि घट्यो कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य फेरि घट्यो कतिमा हुदैछ कारोबार ?
काठमाडौं महानगरको इन्धन खर्च २२ करोड ६७ लाख रुपैयाँ
काठमाडौं महानगरको इन्धन खर्च २२ करोड ६७ लाख रुपैयाँ
आजको मौसमः देशका केहि क्षेत्रमा सामान्य बदली भई वर्षाको सम्भावना
आजको मौसमः देशका केहि क्षेत्रमा सामान्य बदली भई वर्षाको सम्भावना
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
ज्यान मार्ने उद्योग मुद्दामा चक्रे मिलन १ लाख १० हजार धरौटीमा रिहा
ज्यान मार्ने उद्योग मुद्दामा चक्रे मिलन १ लाख १० हजार धरौटीमा रिहा
राप्रपा नेता शाहीको आरोप- ‘आदित्यनाथको तस्वीर विष्णु रिमालले राख्न लगाएको पाइयो’
राप्रपा नेता शाहीको आरोप- ‘आदित्यनाथको तस्वीर विष्णु रिमालले राख्न लगाएको पाइयो’
फेरि सूचना टाँसेर स्थगित भयो प्रतिनिधिसभा बैठक
फेरि सूचना टाँसेर स्थगित भयो प्रतिनिधिसभा बैठक