सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

धनराजलाई अनुसन्धान नगरी उन्मुक्ति  किन ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक २८, २०८१
|
|
३७ पटक हेरिएको
Shares
धनराजलाई अनुसन्धान नगरी उन्मुक्ति  किन ?

सारांश

  • ’ भन्ने सर्वेक्षणमा ६६ प्रतिशतभन्दा बढी नेपाली जनताले उनी सत्तारूढ पार्टीका नेता भएको हुँदा अनुसन्धान नगरेको निष्कर्ष दिएका छन् ।
  • यो तथ्यले ओली नेतृत्वको सरकार नेता र जनताका लागि अलगअलग व्यवहार गर्दै छ भन्ने पुष्टि भएको छ ।
  • नेता धनराज गुरुङको सहकारी ठगी प्रकरण सार्वजनिक भएको ६ महिना बित्न थाल्दासमेत सरकारले अनुसन्धान गर्नेतिर कुनै तदारुकता देखाएको छैन ।

 

२८ कात्तिक, काठमाडौँ — ‘सहकारी ठगीमा कांग्रेस उपसभापति धनराज गुरुङसँग किन सोधपुछसमेत नभएको होला ?’ भन्ने सर्वेक्षणमा ६६ प्रतिशतभन्दा बढी नेपाली जनताले उनी सत्तारूढ पार्टीका नेता भएको हुँदा अनुसन्धान नगरेको निष्कर्ष दिएका छन् ।

यो तथ्यले ओली नेतृत्वको सरकार नेता र जनताका लागि अलगअलग व्यवहार गर्दै छ भन्ने पुष्टि भएको छ । नेता धनराज गुरुङको सहकारी ठगी प्रकरण सार्वजनिक भएको ६ महिना बित्न थाल्दासमेत सरकारले अनुसन्धान गर्नेतिर कुनै तदारुकता देखाएको छैन । कारण जनताले सोचेकै जस्तो रहेछ । सामान्य नागरिक वा विपक्षी पार्टीको भए सरकारले उहिल्यै पक्राउ गरी अनुसन्धान थालिसक्थ्यो । कुनै पनि सरकारको वैधता र विश्वास केवल संसद्को गणितले मात्र गर्दैन, त्यसमा जनताको पनि भरोसा हुनुपर्छ, देखिनुपर्छ ।

त्यसका लागि हरेक सरकारले आफू निष्पक्ष छु, कुनै पूर्वाग्रह राखेर काम गरेको छैन भनेर जनतालाई विश्वास दिलाउन सक्नुपर्छ । जुन दिन सरकारप्रति जनताको भरोसा टुट्छ, त्यसै दिनदेखि सरकार नाम मात्रको रहन्छ । यसर्थ सरकारको पहिलो दायित्व नै आफू हरेक नागरिकका लागि समान छु, समान व्यवहार गर्छु भनेर विश्वास दिलाउनु हो । उक्त दायित्वमा वर्तमान ओली सरकार पूर्ण असफल देखिएको छ ।

सरकारले समान व्यवहार नगरेको आभाष जनताले पाएका छन् । उस्तै कसुरमा रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरी अदालतमा बुझाउनु तर सत्तासँग गाँसिएकै आधारमा कांग्रेस नेता गुरुङलाई भने उन्मुक्ति किन ?

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैँ
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैँ
बुद्ध दर्शन हाम्रा लागि सम्पत्ति : मुख्यमन्त्री कार्की
बुद्ध दर्शन हाम्रा लागि सम्पत्ति : मुख्यमन्त्री कार्की
मनसुनका बेला मधेश प्रदेश सुक्खाग्रस्त घोषणा
मनसुनका बेला मधेश प्रदेश सुक्खाग्रस्त घोषणा
विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी छ : गृहमन्त्री लामिछाने
विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी छ : गृहमन्त्री लामिछाने
मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री रायको राजीनामा
मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री रायको राजीनामा
विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो
विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो
पोखरा आइपुगे ज्ञानेन्द्र शाह, विमानस्थलमा बाजागाजासहित स्वागत
पोखरा आइपुगे ज्ञानेन्द्र शाह, विमानस्थलमा बाजागाजासहित स्वागत
विश्व बैंकबाट नेपाललाई साढे १३ अर्ब ऋण स्वीकृत
विश्व बैंकबाट नेपाललाई साढे १३ अर्ब ऋण स्वीकृत
देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन :गृहमन्त्री अर्याल
देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन :गृहमन्त्री अर्याल