धनराजलाई अनुसन्धान नगरी उन्मुक्ति  किन ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक २८, २०८१
|
|
२९ पटक हेरिएको
Shares
धनराजलाई अनुसन्धान नगरी उन्मुक्ति  किन ?

सारांश

  • ’ भन्ने सर्वेक्षणमा ६६ प्रतिशतभन्दा बढी नेपाली जनताले उनी सत्तारूढ पार्टीका नेता भएको हुँदा अनुसन्धान नगरेको निष्कर्ष दिएका छन् ।
  • यो तथ्यले ओली नेतृत्वको सरकार नेता र जनताका लागि अलगअलग व्यवहार गर्दै छ भन्ने पुष्टि भएको छ ।
  • नेता धनराज गुरुङको सहकारी ठगी प्रकरण सार्वजनिक भएको ६ महिना बित्न थाल्दासमेत सरकारले अनुसन्धान गर्नेतिर कुनै तदारुकता देखाएको छैन ।

२८ कात्तिक, काठमाडौँ — ‘सहकारी ठगीमा कांग्रेस उपसभापति धनराज गुरुङसँग किन सोधपुछसमेत नभएको होला ?’ भन्ने सर्वेक्षणमा ६६ प्रतिशतभन्दा बढी नेपाली जनताले उनी सत्तारूढ पार्टीका नेता भएको हुँदा अनुसन्धान नगरेको निष्कर्ष दिएका छन् ।

यो तथ्यले ओली नेतृत्वको सरकार नेता र जनताका लागि अलगअलग व्यवहार गर्दै छ भन्ने पुष्टि भएको छ । नेता धनराज गुरुङको सहकारी ठगी प्रकरण सार्वजनिक भएको ६ महिना बित्न थाल्दासमेत सरकारले अनुसन्धान गर्नेतिर कुनै तदारुकता देखाएको छैन । कारण जनताले सोचेकै जस्तो रहेछ । सामान्य नागरिक वा विपक्षी पार्टीको भए सरकारले उहिल्यै पक्राउ गरी अनुसन्धान थालिसक्थ्यो । कुनै पनि सरकारको वैधता र विश्वास केवल संसद्को गणितले मात्र गर्दैन, त्यसमा जनताको पनि भरोसा हुनुपर्छ, देखिनुपर्छ ।

त्यसका लागि हरेक सरकारले आफू निष्पक्ष छु, कुनै पूर्वाग्रह राखेर काम गरेको छैन भनेर जनतालाई विश्वास दिलाउन सक्नुपर्छ । जुन दिन सरकारप्रति जनताको भरोसा टुट्छ, त्यसै दिनदेखि सरकार नाम मात्रको रहन्छ । यसर्थ सरकारको पहिलो दायित्व नै आफू हरेक नागरिकका लागि समान छु, समान व्यवहार गर्छु भनेर विश्वास दिलाउनु हो । उक्त दायित्वमा वर्तमान ओली सरकार पूर्ण असफल देखिएको छ ।

सरकारले समान व्यवहार नगरेको आभाष जनताले पाएका छन् । उस्तै कसुरमा रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरी अदालतमा बुझाउनु तर सत्तासँग गाँसिएकै आधारमा कांग्रेस नेता गुरुङलाई भने उन्मुक्ति किन ?

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेरो हातबाट गलत काम भएको दिनदेखि राजनीतिमा देखापर्दिनँः गृहमन्त्री लेखक
मेरो हातबाट गलत काम भएको दिनदेखि राजनीतिमा देखापर्दिनँः गृहमन्त्री लेखक
खोलानदीको मापदण्ड खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन
खोलानदीको मापदण्ड खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन
आयोगमा पुगेर उज्यालो पार्टीका नेताले भने- भोलिबारे थाहा छैन, आज एक्लै अघि बढ्यौं
आयोगमा पुगेर उज्यालो पार्टीका नेताले भने- भोलिबारे थाहा छैन, आज एक्लै अघि बढ्यौं
 आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने छ : प्रधानमन्त्री
 आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने छ : प्रधानमन्त्री
काठमाडौँ उपत्यकामा बाढी-पहिरोमा परेर २१ जनाको मृत्यु
काठमाडौँ उपत्यकामा बाढी-पहिरोमा परेर २१ जनाको मृत्यु
बालेनले कटाए १३ हजार भन्दा बढी मत
बालेनले कटाए १३ हजार भन्दा बढी मत
पोखराका घाइते पौडेल र आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइयो
पोखराका घाइते पौडेल र आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइयो
नोटमा पृथ्वीनारायण शाह र बुद्धको फोटो राखौं : एमाले सांसद थापा
नोटमा पृथ्वीनारायण शाह र बुद्धको फोटो राखौं : एमाले सांसद थापा
देशभर पश्चिमी वायुको आंशिक प्रभाव: तराईमा कुहिरो र हुस्सुको जोखिम
देशभर पश्चिमी वायुको आंशिक प्रभाव: तराईमा कुहिरो र हुस्सुको जोखिम
एमाले बागमतीको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता, अन्य पदमा कस–कसले दिए उम्मेदवारी ?
एमाले बागमतीको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता, अन्य पदमा कस–कसले दिए उम्मेदवारी ?