११ श्रावण २०८२, शनिबार

१५७ कम्पनीको शेयर मूल्यमा गिरावट, ११.२४ अंकले घट्यो नेप्से,

 

२७ कार्तिक, काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गिरावट आएको छ ।  आज नेप्सेमा ११.२४ अंकको गिरावट आएर २७४८.९६ बिन्दुमा पुगेको हो ।  आजको कारोबारमा नेप्सेमा २४४ वटा कम्पनीको कारोबार हुँदा १५७ वटा कम्पनीको शेयर मूल्यमा घटेको छ ।

त्यस्तै, नेप्सेमा १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता शेयर ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार ७९८ रुपैयाँ बराबरमा कारोबार भएको छ । जसमा ८० वटा कम्पनीको  शेयर मूल्य वृद्धि भएको छ भने ७ वटा कम्पनीको शेयर मूल्य भने हिजोकै अवस्थामा रह्यो ।

आज नेप्सेमा भएको शेयर कारोबारमा वित्तीय क्षेत्र, निर्जीवन बीमा र व्यापार समूहको शेयर मूल्य बढ्यो भने अन्य समूहको शेयर सूचक रातो भएको छ । त्यस्तै, आजको कारोबारमा गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै आम्दानी गरे भने गुडविल फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?