एक सातापछि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १८, २०८०
|
|
४५ पटक हेरिएको
Shares
एक सातापछि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित

सारांश

  • एक सातापछि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
  • राष्ट्रिय सभाको अर्को बैठक भदौ २४ गते बिहान ११ बजेका लागि बोलाइएको छ ।
  •  सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा ‘संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८०’ प्रस्तुत भयो ।

१८ भदौ, काठमाडौं। एक सातापछि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । राष्ट्रिय सभाको अर्को बैठक भदौ २४ गते बिहान ११ बजेका लागि बोलाइएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा ‘संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८०’ प्रस्तुत भयो । प्रस्तुत प्रतिवेदनलाई सभाले सर्वसम्मत रुपमा स्वीकृत गर्‍यो ।

साथै उक्त प्रतिवेदनमाथि राष्ट्रिय सभामा सोमबार नै छलफल भयो । छलफलमा १० जना सांसदले भाग लिए । सांसदहरुले संविधान अनुसार कानुन नबन्दा प्रदेश र स्थानीय तहले प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गरे । कानुन अभावमा संविधानः प्राप्त अधिकारको सदुपयोग हुन नसकेको बताए । कानुन अभावमा अराजकता समेत बढ्दै गएको भन्दै सांसदहरुले सरकार जवाफदेही बन्नुपर्नेमा जोड दिए ।

जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान अनुकुल बनाउनुपर्ने कानुन बनाउने कार्यमा अग्रसर रहेको बताए । विगतमा विविध कारणले संविधान कार्यान्वयनका लागि आवश्यक कानुनहरू बन्नमा ढिलाइ भएको स्वीकार गर्दै उनले एक एक गरी विधेयकहरू संसद्मा ल्याउने प्रतिवद्धता जनाए । प्रधानमन्त्रीको जवाफ पछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक साता बस्ने गरी बैठक स्थगित गरेका हुन्  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको स्वास्थ्य क्षेत्र सुधार्न थाइल्यान्डमा सुझाव संकलन गर्दै मन्त्री पौडेल
नेपालको स्वास्थ्य क्षेत्र सुधार्न थाइल्यान्डमा सुझाव संकलन गर्दै मन्त्री पौडेल
कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला
कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
नेप्सेमा उछाल आउँदा परिसूचक २८ सयको विन्दुमा
नेप्सेमा उछाल आउँदा परिसूचक २८ सयको विन्दुमा
बराह सहकारीमा ११ अर्ब ठगी प्रकरण: ८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश, ३ जना धरौटीमा छुटे
बराह सहकारीमा ११ अर्ब ठगी प्रकरण: ८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश, ३ जना धरौटीमा छुटे
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै
गृह मन्त्रालयको काम अब पूरानो परराष्ट्रको भवनबाट
गृह मन्त्रालयको काम अब पूरानो परराष्ट्रको भवनबाट
बर्दियामा दुईवटा मोटरसाइकल ठोक्किदा दुवै चालकको मृत्यु, अर्का एक घाइते
बर्दियामा दुईवटा मोटरसाइकल ठोक्किदा दुवै चालकको मृत्यु, अर्का एक घाइते
शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन
शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन
नेपालले तेस्रोपटक टी–२० विश्वकप खेल्ने निश्चित
नेपालले तेस्रोपटक टी–२० विश्वकप खेल्ने निश्चित