२५ जेष्ठ २०८२, शनिबार

वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु

१८ भदौ, काठमाडौं । वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी सागर मिश्रका अनुसार सर्जिकल भवनको तलाबाट हाम फालेका ती पुरुष अन्दाजी ४० वर्षका छन् ।

सूचना अधिकारी मिश्रका अनुसार उनी बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए । त्यसपछि उनी माथि तलामा गएर हाम फालेका थिए । हामफालेका ती पुरुषको अस्पतालमा बिरामी रहेको नपाइएको उनले बताए ।

अस्पताल प्रशासनले बुझ्दा उनका कोही बिरामी अस्पतालमा नभएको पाइएको छ । ‘उनी बाहिरका मान्छे हुन् । यो मेरो मान्छे हो भनेर कोही भन्न आएको पनि छैन, लाश बेवारिसे अवस्थामा छ,’ मिश्रले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?