नेपालमा अवतरण अनुमति म्याद सकिएको थाई एयर एसियाको जहाज आकाशमै ‘होल्ड’

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ११, २०८१
|
|
३० पटक हेरिएको
Shares
नेपालमा अवतरण अनुमति म्याद सकिएको थाई एयर एसियाको जहाज आकाशमै ‘होल्ड’

सारांश

  • अवतरण अनुमति सकिएको (एक्स्पायर) भएको जहाज लिएर आएपछि थाई एयर एसियाको जहाज आकाशमै ‘होल्ड’ हुन पुगेको छ ।
  • यो जहाज २ बजे अवतरण गर्नुपर्ने तालिका थियो ।
  • तर, अनुमति नपाएपछि जहाज ‘गुराँस प्वाइन्ट’ मा होल्ड गराइएको छ ।

११ कात्तिक, काठमाडौं । अवतरण अनुमति सकिएको (एक्स्पायर) भएको जहाज लिएर आएपछि थाई एयर एसियाको जहाज आकाशमै ‘होल्ड’ हुन पुगेको छ । यो जहाज २ बजे अवतरण गर्नुपर्ने तालिका थियो । तर, अनुमति नपाएपछि जहाज ‘गुराँस प्वाइन्ट’ मा होल्ड गराइएको छ ।

थाई एयर एसियाको जहाज थाइल्यान्डको बैंककबाट काठमाडौं आएको हो । यात्रुसहित जहाज होल्डमा बसिरहेको छ ।विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार थाई एयर एसियाले ल्याएको जहाजको अवतरण अनुमति शनिबारसम्मको मात्र थियो ।आजदेखि ‘विन्टर सेड्युल’ लागु भएको छ । सोहीकारण यो जहाज काठमाडौंमा अवतरण गर्न पाउँदैन ।

‘अब जहाज डाइभर्ट हुनुपर्छ, नेपालमा बस्ने अनुमति छैन,’ उनले भने ।यो घटनामा नेपालको नियामक निकायप्रति समेत प्रश्न चिन्ह उठेको छ । जहाज आउँदैछ भन्नेबारे नेपालको प्रणालीमा जहाज उड्नु अगाडि नै थाहा हुन्छ । तर, काठमाडौंबाट १३ नटिकल माइल आएपछि मात्र जहाज रोकिएको छ । जहाजलाई अवतरण गराउने वा डाइभर्ट गराउनेबारे अहिले प्राधिकरणका उच्च अधिकारीहरू छलफलमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्कीबास सडक अनिश्चितकालका लागि बन्द
पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्कीबास सडक अनिश्चितकालका लागि बन्द
माओवादी केन्द्रको एकता राष्ट्रिय सम्मेलन कात्तिक १९ गते गर्ने निर्णय
माओवादी केन्द्रको एकता राष्ट्रिय सम्मेलन कात्तिक १९ गते गर्ने निर्णय
चन्द्र भण्डारीको कटाक्ष : सरकार घाँस नकाट्ने गोठालोजस्तै भयो
चन्द्र भण्डारीको कटाक्ष : सरकार घाँस नकाट्ने गोठालोजस्तै भयो
भिसा पाए लगत्तै अमेरिका उडे सन्दीप लामिछाने
भिसा पाए लगत्तै अमेरिका उडे सन्दीप लामिछाने
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
जेनजी प्रतिनिधिसँगको सम्झौता मन्त्रिपरिषद्‍बाट अनुमोदन, राजपत्रमा प्रकाशित गर्ने
जेनजी प्रतिनिधिसँगको सम्झौता मन्त्रिपरिषद्‍बाट अनुमोदन, राजपत्रमा प्रकाशित गर्ने
तीनवटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची
तीनवटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची
कम्युनिष्ट पार्टी जन्मेपछि नेपालमा लाभै-लाभ भएको छ : ओली
कम्युनिष्ट पार्टी जन्मेपछि नेपालमा लाभै-लाभ भएको छ : ओली
मेयर बालेन शाहको प्रश्न- हाम्रा समस्या संघीय सरकारलाई नै भन्नपर्ने भए किन चाहियो प्रदेश?
मेयर बालेन शाहको प्रश्न- हाम्रा समस्या संघीय सरकारलाई नै भन्नपर्ने भए किन चाहियो प्रदेश?
केपी ओली कपको दोस्रो सेमिफाइनलमा आयोजक टाेली र मच्छिन्द्र खेल्दै
केपी ओली कपको दोस्रो सेमिफाइनलमा आयोजक टाेली र मच्छिन्द्र खेल्दै