नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु
८ कार्तिक, देउखुरी,। दाङको लमही नगरपालिका–२ रनियाँपुरका तीन जना बालिकाको राप्ती नदीमा डुबेर ज्यान गएको छ।

लमही नगरपालिका–२ रनियाँपुर निवासी १२ वर्षीया झरना चौधरी, निशा चौधरी र गढवा गाउँपालिका–४ खडकपुर घर भएर अहिले लमही नगरपालिका–५ लमही गल्ली बस्ने १२ वर्षीय कृष्टी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता ईश्वर थापाले जानकारी दिनुभयो। मृतक कृष्टी चौधरीले गोरखा मोडेल सेकेण्डरी स्कुल लमही कक्षा ८ मा,

झरना राप्ती गाउँपालिकाको पत्थर गढवास्थित रहेको मार्टिन एकेडेमी कक्षा–४ र निशाले सोही विद्यालयको कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थी हुनुहुन्थ्यो। दिउँसो पौने दुई बजेको समयमा राप्ती नदीमा नुहाउने क्रममा डुबेर उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। मृतक बालिकाको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा ल्याइएको छ।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment