सहकारी ठगी आरोपमा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक २, २०८१
|
|
३३ पटक हेरिएको
Shares
सहकारी ठगी आरोपमा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ

सारांश

  • जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई पार्टी कार्यालय, वनस्थलीबाट पक्राउ गरेको हो।
  • लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीले शुक्रबार प्रहरीलाई अनुमति दिएको थियो।
  • अदालतबाट अनुमति पाएलगत्तै कास्की प्रहरीले उनलाई पक्राउ गरेर पठाइदिन काठमाडौंका प्रहरी कार्यालयमा पत्र पठाएको थियो।

२ कार्तिक, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई पार्टी कार्यालय, वनस्थलीबाट पक्राउ गरेको हो।

लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीले शुक्रबार प्रहरीलाई अनुमति दिएको थियो। अदालतबाट अनुमति पाएलगत्तै कास्की प्रहरीले उनलाई पक्राउ गरेर पठाइदिन काठमाडौंका प्रहरी कार्यालयमा पत्र पठाएको थियो। लामिछानेलाई शुक्रबार बेलुका नै गाडीमा पोखरा लैजाने तयारी छ।  रविविरुद्ध गत वर्ष माघमै कृष्णप्रसाद जैशी लगायत सूर्यदर्शन सकहकारीका पीडितले पूरक जाहेरी दिएका थिए। सूर्यदर्शन सहकारीको ठगीमा यसअघि रविका व्यावसायिक साझेदार जीबी भन्ने गीतेन्द्रबाबु राईसहित विरुद्ध मुद्दा दायर भइसकेको छ।

जीबी हाल फरार छन्। उनी मलेसियामा रहेको थाहा पाए पनि प्रहरीले ल्याउन सकेको छैन। उनीविरुद्ध इन्टरपोलबाट रेड नोटिससमेत जारी भइसकेको छ। अर्का गोर्खा मिडियाकै सञ्चालक छविलाल जोशी भने २७ दिनदेखि हिरासतमा छन्। उनलाई असोज ६ गते प्रहरीले काठमाडौँमा पक्राउ गरेर कास्की लगेको थियो। उनीविरुद्ध प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बनधी कसुरमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुर कारागारबाट भागेका ५४ कैदीबन्दी आफैं फर्किए
भरतपुर कारागारबाट भागेका ५४ कैदीबन्दी आफैं फर्किए
पाकिस्तानमा तालिवानविरूद्धको कारबाहीका क्रममा झडप, सर्वसाधारणसहित आठ सैनिकको मृत्यु
पाकिस्तानमा तालिवानविरूद्धको कारबाहीका क्रममा झडप, सर्वसाधारणसहित आठ सैनिकको मृत्यु
सवारी दुर्घटना: ८ जनाको मृत्यु, ९० घाइते
सवारी दुर्घटना: ८ जनाको मृत्यु, ९० घाइते
आधा घन्टाका लागि संसद् बैठक स्थगित
आधा घन्टाका लागि संसद् बैठक स्थगित
सबै समुदायलाई अवसर दिएर बीपीले लोकतन्त्रको अभ्यास गरेका थिए : गगन थापा
सबै समुदायलाई अवसर दिएर बीपीले लोकतन्त्रको अभ्यास गरेका थिए : गगन थापा
पर्सामा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जनचेतना सप्ताह
पर्सामा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जनचेतना सप्ताह
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
चालकलाई छुट दिएबापत २५ हजार घुस लिने सई पक्राउ
देशको लागि जीवन आहूति दिने नेताहरुमाथि नकारात्मक टिप्पणी गर्नु हुँदैनः प्रधानमन्त्री ओली
देशको लागि जीवन आहूति दिने नेताहरुमाथि नकारात्मक टिप्पणी गर्नु हुँदैनः प्रधानमन्त्री ओली
एमाले सांसदलाई प्रधानमन्त्रीको निर्देशन– नीति तथा कार्यक्रम सही छ, ढुक्कले समर्थन गर्नुस्
एमाले सांसदलाई प्रधानमन्त्रीको निर्देशन– नीति तथा कार्यक्रम सही छ, ढुक्कले समर्थन गर्नुस्