२६ जेष्ठ २०८२, आईतवार

भरुवा बन्दुकसहित एक जना पक्राउ

 

३० असोज, कपिलवस्तु ।  शिवराज नगरपालिका-९, बिजगौरी गाउँबाट अवैध भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार बिहान बिजगौरीका २४ वर्षे बिरेन्द्र घर्तीले बन्दुक देखाएर स्थानीयलाई डरत्रास देखाइरहेको सूचना पाएपछि वडा प्रहरी कार्यालय चन्द्रौटाबाट पुगेको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

प्रहरीले उक्त बन्दुक गाउँ नजिकै शिवगढी जाने बाटोको जंगलको बर्राको रुखको टोड्कोमा लुकाईछिपाई राखेका थिए । प्रहरी खोजतलास गरेर उक्त अवैध बन्दुक बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनमणी अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment