बीपी राजमार्गमा खुलाइयो सवारी आवागमन
२९ असोज , काठमाडौं– बाढी र पहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गमा मंगलबारबाट यसअघिजस्तै सवारी आवागमन खुल्ला गरिएको छ । बाढी र पहिरोबाट राजमार्गको झण्डै १२ किलोमिटर सडक क्षतिग्रस्त भएपछि ठाँउठाँउमा अवरुद्ध भएको सडकमा यसअघिजस्तै सवारी आवागमन खुल्ला गरिएको हो ।

साना सवारी साधनलाई मात्रै अनुमति दिइएको राजमार्गमा साविकमा यातायात संचालनका लागि अनुमति पाएका सबै सवारी साधन सञ्चालन गर्न खुल्ला गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । बाढी पहिरोका कारण बीपी राजमार्गको भकुण्डेबेसी बर्षेखोला खण्डको करिब ८ किलोमिटरभन्दा बढी लम्बाइको सडक पूर्ण रुपमा बगाएकोले हाल नयाँ ट्रयाक निर्माण गरी सवारी साधनको लागि आवागमन खुलाइएको सडक डिभिजन कार्यालयले जनाएको छ ।


Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment