हात्तीको आक्रमणबाट राजकुमारको मृत्यु
२९ असोज ,इलाम । इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । गएराति हात्ती खेदाउन जाँदा चुलाचुली १ का ७३ वर्षे राजकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी त्यही गाउँपालिकाको वडा२, निगुरेमा खेती गरी बस्दैथिए । उनलाई गएराति साँझ ७ बजेतिर हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । उनको उपचारक्रममा दमकको लाइफलाइन अस्पतालमा राति १० बजे मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
Post Comment