Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

पसलबाट चोरी गरेकाे रुपैयाँ नै नक्कली परेपछि

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २८, २०८१
|
|
९२ पटक हेरिएको
Shares
पसलबाट चोरी गरेकाे रुपैयाँ नै नक्कली परेपछि

सारांश

  • नक्कली नोटसहित पक्राउ पर्नेमा परोहा नगरपालिका वडा नम्बर २ बस्ने १९ वर्षिय अभिषेक कुमार यादव रहेका छन्।
  • पक्राउ परेका यादवसहित तीनजनाले सोमबार राति साढे दुई बजेको समयमा सोही नगरपासिलकाको वडा नम्बर ४ स्थित हवारी चोकमा इशराइल मियाँले सञ्चालन गरेको किराना पसलमा चोरी गरेका थिए।
  • चोरी भएको सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट लौकाहाबाट गएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको थियो।

 

२८ असोज, वीरगञ्ज– किराना पसलबाट चोरी गरेको आरोपमा नक्कली नोटसहित एक जना रौतहटबाट पक्राउ परेका छन्। नक्कली नोटसहित पक्राउ पर्नेमा परोहा नगरपालिका वडा नम्बर २ बस्ने १९ वर्षिय अभिषेक कुमार यादव रहेका छन्।

पक्राउ परेका यादवसहित तीनजनाले सोमबार राति साढे दुई बजेको समयमा सोही नगरपासिलकाको वडा नम्बर ४ स्थित हवारी चोकमा इशराइल मियाँले सञ्चालन गरेको किराना पसलमा चोरी गरेका थिए।चोरी भएको सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट लौकाहाबाट गएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको थियो।अन्य दुई जना भने फरार रहेका छन्। 

पक्राउ परेका यादवकाे साथबाट नेपाली नक्कली नोट एक हजार दरको दुई थान बरामद गरिएको रौतहटका प्रहरी प्रवक्ता एवम् डीएसपी प्रकाश सापकोटाले जानकारी दिए।बरामद भएको नक्कली नोटबारे प्रहरीले यादवसँग सोधपुछ गर्दा यादवले उक्त पसलबाट नोट चोरी गरेको बयान दिएका छन्।  नक्कली नोट र चोरीको विषयमा थप अनुसन्धान भइरहेको छ। पक्राउ परेका यादवलाई चोरी तथा खोटा चलन सम्बन्धी कसूर मुद्दा चलाइने र फरार दुई जनाको खोजी जारी रहेको सापकोटाको भनाई छ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय बजारमा नेपालीको चहलपहल, नेपाली बजार भने सुनसान
भारतीय बजारमा नेपालीको चहलपहल, नेपाली बजार भने सुनसान
कर्णाली प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता जेठ २७ गतेदेखि
कर्णाली प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता जेठ २७ गतेदेखि
संस्कृति र पर्यटन प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य
संस्कृति र पर्यटन प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य
युनिटी कप टी–२० खेल्न राष्ट्रिय टिमले पायो यूएईको भिसा
युनिटी कप टी–२० खेल्न राष्ट्रिय टिमले पायो यूएईको भिसा
झापा-५ मा कुनै जोखिम नरहेको एमालेको दाबी
झापा-५ मा कुनै जोखिम नरहेको एमालेको दाबी
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
एयरपोर्ट भन्सारमा प्रतिदिन करोडौं घोटाला हुने गरेको छ : प्रचण्ड
एयरपोर्ट भन्सारमा प्रतिदिन करोडौं घोटाला हुने गरेको छ : प्रचण्ड
सुपरस्टारको नयाँ अवतार : ‘टेक्नो स्पार्क गो–२’ नेपालमा भित्रियो
सुपरस्टारको नयाँ अवतार : ‘टेक्नो स्पार्क गो–२’ नेपालमा भित्रियो
प्रदेश, पालिका र सङ्घीय सांसदको सङ्ख्या बढी भयो, यसबारे सोचौँ: श्याम घिमिरे
प्रदेश, पालिका र सङ्घीय सांसदको सङ्ख्या बढी भयो, यसबारे सोचौँ: श्याम घिमिरे
रवि लामिछानेलाई दिउँसो तीन बजे नख्खु कारागार ल्याउने तयारी
रवि लामिछानेलाई दिउँसो तीन बजे नख्खु कारागार ल्याउने तयारी