नेपालमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २२, २०८१
|
|
२२ पटक हेरिएको
Shares
नेपालमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो

सारांश

  • नेपालमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ ।
  •  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो तथ्यांक गत जनवरी १ देखि ७ अक्टोबरसम्मको हो ।
  • महाशाखाका अनुसार यस अवधिमा हालसम्म १७ हजार ६०२ जनामा डेंगुको सङ्क्रमण पुष्टि भइसकेको छ ।

२२ असोज, काठमाडौं । नेपालमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो तथ्यांक गत जनवरी १ देखि ७ अक्टोबरसम्मको हो ।

महाशाखाका अनुसार यस अवधिमा हालसम्म १७ हजार ६०२ जनामा डेंगुको सङ्क्रमण पुष्टि भइसकेको छ । डेंगुबाट ७६ जिल्ला प्रभावित रहेका छन् । प्रभावित जिल्लामध्ये सबैभन्दा बढी कास्की जिल्लामा २ हजार ७०९ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै, दोस्रो स्थानमा काठमाडौँमा २ हजार ५६७ जना, तनहुँमा १ हजार ९५४ जना, पर्वतमा १ हजार ४२१ र चितवनमा ९ सय ७ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेशमध्ये गण्डकी प्रदेशमा सबैभन्दा बढी ८ हजार ६२ जनामा डेंगु देखिएको छ । त्यसपछि बागमती प्रदेशमा ५ हजार ५७१ जनामा डेंगु सङ्क्रमित छन् । यसैगरी, कोशी प्रदेशमा १ हजार ४२२ जना, लुम्बिनीमा १ हजार १३५, सुदूरपश्चिम प्रदेशमा ८ सय १८, मधेसमा ३ सय ४३ तथा कर्णाली प्रदेशमा २ सय ५१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घरजग्गा कारोबारबाट मंसिरमा मात्रै पौने ४ अर्ब राजस्व उठ्यो
घरजग्गा कारोबारबाट मंसिरमा मात्रै पौने ४ अर्ब राजस्व उठ्यो
दिल्लीमा स्वास्थ्य परीक्षण सकेर आज स्वदेश फर्किँदै मन्त्री राणा
दिल्लीमा स्वास्थ्य परीक्षण सकेर आज स्वदेश फर्किँदै मन्त्री राणा
रवीन्द्र मिश्रलाई हतकडीसहित म्याद थपका लागि लगियो
रवीन्द्र मिश्रलाई हतकडीसहित म्याद थपका लागि लगियो
झापाका स्थानीय समस्याबारे जनप्रतिनिधि र व्यक्तित्वसँग बालेनको छलफल
झापाका स्थानीय समस्याबारे जनप्रतिनिधि र व्यक्तित्वसँग बालेनको छलफल
सहकारी ठगीमा रवि लामिछानेविरुद्ध जाहेरी लिन मानेन प्रहरीले
सहकारी ठगीमा रवि लामिछानेविरुद्ध जाहेरी लिन मानेन प्रहरीले
‎जनमतका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टीमा प्रवेश
‎जनमतका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टीमा प्रवेश
रवीन्द्र मिश्रलाई ५ दिन म्याद थप
रवीन्द्र मिश्रलाई ५ दिन म्याद थप
स्वास्थ्य बीमा कार्यक्रममा पुनरावलोकन गरिन्छ: प्रधानमन्त्री ओली
स्वास्थ्य बीमा कार्यक्रममा पुनरावलोकन गरिन्छ: प्रधानमन्त्री ओली
बाख्रा चराउँदै गर्दा लडेर मृत्यु
बाख्रा चराउँदै गर्दा लडेर मृत्यु
नोटमा पृथ्वीनारायण शाह र बुद्धको फोटो राखौं : एमाले सांसद थापा
नोटमा पृथ्वीनारायण शाह र बुद्धको फोटो राखौं : एमाले सांसद थापा