एनपीएल अक्सन- १५ लाखमा सुदूरपश्चिम रोयल्स पुगे आरिफ शेख
२० असोज, काठमाडौं । नेपाल प्रिमियर लिगका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटर आरिफ शेख सुदूरपश्चिम रोयल्समा आवद्ध भएका छन् ।
१५ लाख हालेर आरिफलाई सुदूरपश्चिमले किनेको हो । ग्रेड ए मा रहेका उनलाई किन्न अक्सनमा तीनवटा टिमले बोलकवल गरेका थिए । आइतबार भएको अक्सनमा कर्णाली, सुदूरपश्चिम र काठमाडौंबीच प्रतिस्पर्धा भएको थियो । तीन टोलीबीचको प्रतिस्पर्धामा उच्चतम मूल्य १५ लाख रुपैयाँ पाएका हुन् ।

आरिफ एक दिवसीय फर्माट्का लागि परिचित खेलाडी हुन् । टी-२० मा उनले ७४ खेल खेल्दा १०४४ रन जोडेका छन् भने २३ विकेटसमेत लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment