Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन २०, २०८१
|
|
५३ पटक हेरिएको
Shares
नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते हुने

सारांश

  • नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न भएको छ ।
  • भेलाले आगामी मङ्सिर २८ गते शुक्रबार महासङ्घका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको भेला सम्पन्न पछि महासङ्घका महासचिव रोशन पुरीले जानकारी दिनुभयो ।
  • भेलाले सदस्यता विवादको सन्दर्भमा सर्वसम्मत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्वसम्मतले स्वीकार गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

काठमाडौँ ।

नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न भएको छ । भेलाले आगामी मङ्सिर २८ गते शुक्रबार महासङ्घका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको भेला सम्पन्न पछि महासङ्घका महासचिव रोशन पुरीले जानकारी दिनुभयो ।

भेलाले सदस्यता विवादको सन्दर्भमा सर्वसम्मत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्वसम्मतले स्वीकार गर्ने निर्णय भएको उहाँले बताउनुभयो । त्यस्तै सदस्यताको विवाद भएको खण्डमा केन्द्र र प्रदेशको एक–एक जना प्रतिनिधि र शाखा अध्यक्ष रहनेगरी समिति गठन गरेर सर्वसम्मतबाट विवाद टुङ्गो लगाउने निर्णय भएको महासचिव पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी कात्तिक मसान्तसम्म सदस्यता टुङ्गो लगाउने निर्णय गर्दै टुङ्गो लागेको सदस्य प्रदेशले केन्द्र पठाउने र केन्द्रले अभिलेख राख्ने निर्णय भएको छ ।

नेपाल पत्रकार महासङ्घको सदस्यता विवादका कारण पटक-पटक तोकिएको निर्वाचनको मिति सारेर अन्योल बनेको अवस्थामा प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला आयोजना गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
गण्डकी प्रदेशका पदमुक्त सांसद देवकोटाले दायर गरेको रिटमा सुनुवाइ हुँदै
गण्डकी प्रदेशका पदमुक्त सांसद देवकोटाले दायर गरेको रिटमा सुनुवाइ हुँदै
न्यायपालिकाको हस्तक्षेपले कार्यपालिका र व्यवस्थापिकाले काम गर्न सकेनन् : योगेश भट्टराई
न्यायपालिकाको हस्तक्षेपले कार्यपालिका र व्यवस्थापिकाले काम गर्न सकेनन् : योगेश भट्टराई
रामेछापमा बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते
रामेछापमा बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते
भौतिक मन्त्रालयमा देवेन्द्र दाहालको एक वर्षः पुँजीगत खर्चमा अग्रस्थानमा
भौतिक मन्त्रालयमा देवेन्द्र दाहालको एक वर्षः पुँजीगत खर्चमा अग्रस्थानमा
राष्ट्रिय अनुसन्धान विभाग गृह मातहत राख्न रवि लामिछानेको माग
राष्ट्रिय अनुसन्धान विभाग गृह मातहत राख्न रवि लामिछानेको माग
नक्कली नोटसहित सर्लाहीबाट एकजना पक्राउ
नक्कली नोटसहित सर्लाहीबाट एकजना पक्राउ
मुगुमा कांग्रेसका खड्ग शाही विजय
मुगुमा कांग्रेसका खड्ग शाही विजय
विपिनको श*व डिएनए परीक्षणका लागि सैनिक अस्पतालमा, इजरायल सरकारले नै नेपाल पठाइदिने
विपिनको श*व डिएनए परीक्षणका लागि सैनिक अस्पतालमा, इजरायल सरकारले नै नेपाल पठाइदिने
३० करोड लगानीमा रोहिणीमा अर्गानिक मल उद्योग
३० करोड लगानीमा रोहिणीमा अर्गानिक मल उद्योग