वीरगन्ज नाकाबाट १० लाख बढीको सामान बरामद
१९ असोज, वीरगन्ज । भारतबाट तस्करी गरी ल्याइएका १० लाख रुपैयाँभन्दा बढी मूल्यका सामान सशस्त्र प्रहरीले वीरगन्ज नाकाबाट बरामद गरेको छ।
सामान तस्करीमा प्रयोग गरिएको एउटा स्कुटर पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।वीरगन्जको इनर्वा नाकास्थित वीरगन्ज भन्सारमा खटिएको सशस्त्र प्रहरीले औषधि, मोटरपार्टस्, जुत्ता, श्रृंगाार सामग्रीसहित १० लाख १२ हजार ३८७ रुपैयाँ मूल्यको सामान बरामद गरेको हो।भारतको रक्सौलबाट तस्करहरुले ल्याउँदै गरेका ती सामान वीरगन्ज भन्सार क्षेत्रबाट बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणहेडक्वाटर पर्साका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्रसिंह धामीले जानकारी दिए।
तस्करीको सामान ओसार्न प्रयोग गरिएको बीआर ०५ एएम ६५१५ नम्बरको स्कुटर पनि नियन्त्रणमा लिइएको उनले बताए। बरामद सामान र स्कुटर आवश्यक कारबाहीका लागि शुक्रबार नै साँझ वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक धामीले जानकारी दिए।
Post Comment