Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

विपद् प्रभावित पालिकालाई बागमती सरकारको ५ करोड ८० लाख रुपैयाँ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १९, २०८१
|
|
४९ पटक हेरिएको
Shares
विपद् प्रभावित पालिकालाई बागमती सरकारको ५ करोड ८० लाख रुपैयाँ

सारांश

  • बागमती प्रदेश सरकारले विपद् प्रभावित स्थानीय तहलाई राहत तथा उद्धार कार्यका लागि आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।
  • शनिबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् प्रभावित ४५ स्थानीय तहहरूलाई ५ करोड ८० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
  • बैठकले गत असोज ११ र १२ गतेको वर्षाका कारण विपद्बाट प्रभावित भएका स्थानीय तहलाई ३ वर्गमा विभाजन गरी राहत तथा उद्धार कार्य गर्न रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

 

१९ असोज, मकवानपुर । बागमती प्रदेश सरकारले विपद् प्रभावित स्थानीय तहलाई राहत तथा उद्धार कार्यका लागि आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् प्रभावित ४५ स्थानीय तहहरूलाई ५ करोड ८० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।बैठकले गत असोज ११ र १२ गतेको वर्षाका कारण विपद्बाट प्रभावित भएका स्थानीय तहलाई ३ वर्गमा विभाजन गरी राहत तथा उद्धार कार्य गर्न रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

उनका अनुसार प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा रकम अभाव रहेकाले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट १० करोड रुपैयाँ रकम निकासा गरेर सो मध्येबाट ५ करोड ८० लाख रुपैयाँ स्थानीय तहलाई उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले विपद्बाट बढी प्रभावित ७ स्थानीय तहलाई २० लाख रुपैयाँ, १२ वटा स्थानीय तहलाई १५ लाख रुपैयाँ र ४५ वटा स्थानीय तहलाई १० लाख रुपैयाँ सोझै पालिकाको विपद् व्यवस्थापन कोषमा पठाउने निर्णय भएको मन्त्री लामिछानेले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बर्दियामा दुईवटा मोटरसाइकल ठोक्किदा दुवै चालकको मृत्यु, अर्का एक घाइते
बर्दियामा दुईवटा मोटरसाइकल ठोक्किदा दुवै चालकको मृत्यु, अर्का एक घाइते
केपी ओली कपमा आज दुई खेल हुँदै
केपी ओली कपमा आज दुई खेल हुँदै
शीतल निवासबाट बाहिरिए प्रधानसेनापति
शीतल निवासबाट बाहिरिए प्रधानसेनापति
हरिवनमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’
हरिवनमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’
६३ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न, १४ वटा जिल्लाको बाँकी
६३ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न, १४ वटा जिल्लाको बाँकी
गोलबजारका अधिकृत श्रीधर केसीले मदिरापान गर्न बाहुबली शैलीमा होटल खाली गराए
गोलबजारका अधिकृत श्रीधर केसीले मदिरापान गर्न बाहुबली शैलीमा होटल खाली गराए
इजरायल–इरान तनाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता
इजरायल–इरान तनाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता
जापानमा बस्तीमा डढेलो प्रवेश गर्दा ८० भन्दा बढी भवनमा क्षति
जापानमा बस्तीमा डढेलो प्रवेश गर्दा ८० भन्दा बढी भवनमा क्षति
कैलालीमा तीन किलो चरेशसहित दुई युवक पक्राउ
कैलालीमा तीन किलो चरेशसहित दुई युवक पक्राउ
नेशनल मेडिकल कलेजसहित प्रदेशका अस्पतालहरूको अनुगमन गर्न निर्देशन
नेशनल मेडिकल कलेजसहित प्रदेशका अस्पतालहरूको अनुगमन गर्न निर्देशन