नवलपरासीको दाउन्नेमा फेरि सडक भासियो, पूर्व-पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १९, २०८१
|
|
१८ पटक हेरिएको
Shares
नवलपरासीको दाउन्नेमा फेरि सडक भासियो, पूर्व-पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध

सारांश

  •  शुक्रबार साँझ सडक भासिएपछि मर्मत् गरेर मध्यरात एकतर्फी सञ्चालन गरिएको दाउन्ने सडक शनिबार बिहान फेरि अवरुद्ध भएको छ ।
  • पश्चिम नवलपरासीको बर्दघाट- ४ स्थित खुर्सानी खोला नजिकै सडक भासिएपछि आज बिहानदेखि पुन: यातायात आवागमन पूर्णरूपमा अवरुद्ध भएको हो ।
  • शुक्रबार साँझ सडक भासिएपछि मर्मतगरी मध्यरातमा केही घण्टा सञ्चालन भए पनि अहिले फेरि सडक दुईतर्फी बन्द भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहराले जानकारी दिए ।

 

१९ असोज, काठमाडौं । शुक्रबार साँझ सडक भासिएपछि मर्मत् गरेर मध्यरात एकतर्फी सञ्चालन गरिएको दाउन्ने सडक शनिबार बिहान फेरि अवरुद्ध भएको छ ।

पश्चिम नवलपरासीको बर्दघाट- ४ स्थित खुर्सानी खोला नजिकै सडक भासिएपछि आज बिहानदेखि पुन: यातायात आवागमन पूर्णरूपमा अवरुद्ध भएको हो । शुक्रबार साँझ सडक भासिएपछि मर्मतगरी मध्यरातमा केही घण्टा सञ्चालन भए पनि अहिले फेरि सडक दुईतर्फी बन्द भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहराले जानकारी दिए ।

भासिएको सडकको मर्मतको काम भइरहेको उनले बताए । सडक मर्मत गरेर सवारी साधन सञ्चालन गर्न केही समय लाग्ने उनले बताए । राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउने/जाने सवारी जाममा रोकिएका छन् । यसअघि असोज १४ गते पनि सोही स्थानमा सडक भासिएको थियो । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?