नवलपरासीको दाउन्नेमा फेरि सडक भासियो, पूर्व-पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध
१९ असोज, काठमाडौं । शुक्रबार साँझ सडक भासिएपछि मर्मत् गरेर मध्यरात एकतर्फी सञ्चालन गरिएको दाउन्ने सडक शनिबार बिहान फेरि अवरुद्ध भएको छ ।
पश्चिम नवलपरासीको बर्दघाट- ४ स्थित खुर्सानी खोला नजिकै सडक भासिएपछि आज बिहानदेखि पुन: यातायात आवागमन पूर्णरूपमा अवरुद्ध भएको हो । शुक्रबार साँझ सडक भासिएपछि मर्मतगरी मध्यरातमा केही घण्टा सञ्चालन भए पनि अहिले फेरि सडक दुईतर्फी बन्द भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहराले जानकारी दिए ।
भासिएको सडकको मर्मतको काम भइरहेको उनले बताए । सडक मर्मत गरेर सवारी साधन सञ्चालन गर्न केही समय लाग्ने उनले बताए । राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउने/जाने सवारी जाममा रोकिएका छन् । यसअघि असोज १४ गते पनि सोही स्थानमा सडक भासिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1
Post Comment