बीपी राजमार्गबाहेक सम्पूर्ण राजमार्ग तीन दिनभित्र पूर्णरुपमा सञ्चालन हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन १८, २०८१
|
|
३४ पटक हेरिएको
Shares
बीपी राजमार्गबाहेक सम्पूर्ण राजमार्ग तीन दिनभित्र पूर्णरुपमा सञ्चालन हुने

सारांश

  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी तीन दिनभित्र बीपी राजमार्ग बाहेक देशका सम्पूर्ण राजमार्ग सञ्चालनमा ल्याउने बताएको छ।
  • शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव केशवकुमार शर्माले गत असोज ११ र १२ गतेको भीषण वर्षाबाट बाढी पहिरोले क्षतिग्रस्त बनाएका राजमार्गहरू सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिए।
  • बीपी राजमार्ग सञ्चालन गर्न भने समय लाग्ने उनले बताए।

१८ असोज, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी तीन दिनभित्र बीपी राजमार्ग बाहेक देशका सम्पूर्ण राजमार्ग सञ्चालनमा ल्याउने बताएको छ।

शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव केशवकुमार शर्माले गत असोज ११ र १२ गतेको भीषण वर्षाबाट बाढी पहिरोले क्षतिग्रस्त बनाएका राजमार्गहरू सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिए। बीपी राजमार्ग सञ्चालन गर्न भने समय लाग्ने उनले बताए। सो राजमार्गको १२ किलोमिटर सडक बगेकाले अस्थायी सडक बनाएर सञ्चालन गर्न पनि कठिनाइ रहेको सांसदहरुलाई जानकारी गराए ।

सचिव शर्माले बाढी पहिरोबाट ८० राजमार्गमध्ये २४ वटा राजमार्गमा ८०५ स्थानमा पहिरो गएको र ७७४ स्थानको पहिरो हटाइएको जानकारी गराए । अझै पाँचवटा राजमार्गका २१ स्थानमा पहिरोले अवरुद्ध भएकोले पहिरो पन्छाएर सञ्चालन गर्न प्रयास गरिरहेको उल्लेख गरे। उनले बीपी राजमार्गमा झन्डै ५ सयवटा गाडी र ती गाडीमा रहेका झन्डै १ हजार चालक तथा सहचालक फसेकाले उनीहरूको उद्धार कार्य उद्धार प्रयास भइरहेको पनि जानकारी दिए।

बीपी राजमार्गबाट सुनकोशी पारी लगेर मध्य पहाडी राजमार्ग हुँदै काठमाडौँ ल्याउन सकिन्छ कि भनेर मन्त्रालयले प्रयास गरिरहेको उल्लेख गरे । उनले भोलिदेखि कान्तिराजपथ सञ्चालनमा आउन सक्ने बताएका छन् । कान्ति राजपथ अन्तर्गत छपेलीदेखि बगुवासम्म बाटो खुला रहेको र बागमती नदीको १५ मिटरको भाग कटान भएकोले नेपाली सेना र सडक विभागका कर्मचारीले सडक मर्मतको काम गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्या भण्डारीबारे आज महत्त्वपूर्ण निर्णय हुने सम्भावना छ : राजेन्द्र गौतम
विद्या भण्डारीबारे आज महत्त्वपूर्ण निर्णय हुने सम्भावना छ : राजेन्द्र गौतम
हावाहुरीसहितको वर्षाका कारण हवाई सेवा प्रभावित
हावाहुरीसहितको वर्षाका कारण हवाई सेवा प्रभावित
गृहका ४० अधिकारीको सरुवा तथा पदस्थापन
गृहका ४० अधिकारीको सरुवा तथा पदस्थापन
शेयर बजारमा दिनदिनै रेकर्ड- इतिहासकै सर्वाधिक कारोबार
कतार हिँडेका युवक बहुविवाहको आरोपमा विमानस्थलबाट पक्राउ
कतार हिँडेका युवक बहुविवाहको आरोपमा विमानस्थलबाट पक्राउ
सभामुखलाई जानकारी गराएर अमेरिका गएकी थिइन् उपसभामुख
सभामुखलाई जानकारी गराएर अमेरिका गएकी थिइन् उपसभामुख
राहदानी रोक्का सिफारिसप्रति एमालेको आपत्ति
राहदानी रोक्का सिफारिसप्रति एमालेको आपत्ति
सहिदका सपना पूरा गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता
सहिदका सपना पूरा गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता
रुसद्वारा युक्रेनका थप बस्तीहरु नियन्त्रणमा लिएको दाबी
रुसद्वारा युक्रेनका थप बस्तीहरु नियन्त्रणमा लिएको दाबी
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश