१२ श्रावण २०८२, आईतवार

फेरि सुनको मूल्य एक लाख ६० हजार ९ सय रुपैयाँ पुग्यो

 

१७ असोज , सुनको मूल्य आज पनि बढेको छ। हिजो (बुधबार) बढेको सुनको मूल्य आज थप बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महांघका अनुसार चाँदी पनि आज महँगिएको छ। आज प्रतितोला एक सय रुपैयाँ बढेर सुनको मूल्य एक लाख ६० हजार ९ सय रुपैयाँ पुगेको छ। हिजो सुनको मूल्य तोलाको एक लाख ६० हजार ८ सय रुपैयाँ थियो।

मंगलबार सुनको मूल्य तोलाको एक लाख ६० हजार रुपैयाँ थियो। हिजो र आज दुवैदिन बढेपछि सुन फेरि उच्च बिन्दु नजिक पुगेको हो।  यही असोज १३ गते सुनको मूल्य इतिहासकै सर्वाधिक महँगो भएको थियोृृ। त्यतिबेला प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँ पुगेको सुनको मूल्यमा त्यसयता केही गिरावट आएको हो। आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा १५ रुपैयाँले बढेर चाँदीको मूल्य आज एक हजार नौसय ५० रुपैयाँ पुगेको छ। हिजो चाँदीको मूल्य तोलाको एक हजार नौसय ३५ रुपैयाँ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?