Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

जुवा खेलिरहेको अवस्थामा काठमाडौँबाट २९ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन १६, २०८१
|
|
३३ पटक हेरिएको
Shares
जुवा खेलिरहेको अवस्थामा काठमाडौँबाट २९ जना पक्राउ

सारांश

  •   काठमाडौँ महानगरपालिका २६ मित्रनगरस्थित रामशरण पाण्डेको त्रिपुरा सुन्दरी होटल एण्ड लजमा जुवा (कौडा) खेलिरहेको अवस्थामा काभ्रे तेमाल गाउँपालिका ६ घर भई काठमाडौँ बौद्ध बस्ने २८ वर्षीय सोम बहादुर तामाङसमेत १३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।
  • प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ६ हजार रूपैयाँ, ४५ थान कौडा र ४ थान मोबाइल सहित पक्राउ गरेको हो।
  • यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका ९ सनसिटी लाईफ बेकरीस्थित अनिता राईको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा भक्तपुर चाँगुनारायण नगरपालिका २ घर भएका ४२ वर्षीय नवराज श्रेष्ठ समेत १६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ।

 

१६ असोज , काठमाडौँका दुई स्थानबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले २९ जनालाई पक्राउ गरेको छ।  काठमाडौँ महानगरपालिका २६ मित्रनगरस्थित रामशरण पाण्डेको त्रिपुरा सुन्दरी होटल एण्ड लजमा जुवा (कौडा) खेलिरहेको अवस्थामा काभ्रे तेमाल गाउँपालिका ६ घर भई काठमाडौँ बौद्ध बस्ने २८ वर्षीय सोम बहादुर तामाङसमेत १३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ६ हजार रूपैयाँ, ४५ थान कौडा र ४ थान मोबाइल सहित पक्राउ गरेको हो। यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका ९ सनसिटी लाईफ बेकरीस्थित अनिता राईको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा भक्तपुर चाँगुनारायण नगरपालिका २ घर भएका ४२ वर्षीय नवराज श्रेष्ठ समेत १६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ।

प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ४२ हजार ५ सय रूपैयाँ, २२ थान मोबाइल र १७ थान कौडा सहित पक्राउ गरेको हो। उनीहरुलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ