९ चैत्र २०८२, सोमबार

माटोको ढिस्कोमा पुरिएर गाउँपालिकाका प्राविधिकसहित दुई जनाको मृत्यु

 

१६ असोज ,सिमकोट- माटोको ढिस्कोमा पुरिएर ताँजाकोट गाउँपालिकाको रोजगार शाखाका प्राविधिकसहित दुई जनाको मृत्यु भएको छ। दशैंका लागि सरसफाई गर्न बुधबार बिहान घर लिपपोत गर्नका लागि माटो खन्ने क्रममा ढिस्को खस्दा त्यसमा पुरिएर दुई जनाको मृत्यु भएको हो।

माथिबाट माटोको ढिस्को खस्दा एक जना घाइते भएका छन्। ताँजाकोट गाउँपालिका– ३ को राम गाउँमा माटोको ढिस्को खस्दा दुई जनाको मृत्यु भएको र एक जना घाइते भएको प्रहरी निरीक्षक सुरेश सुबेदीले बताए। मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका रोजगार शाखाका २४ वर्षका प्राबिधिक धुर्ब शाही र सोही वडाकी करिव २४ वर्षीया मनसरा मल्ल रहेका उनले बताए। त्यसैगरि माटोको ढिस्को मै पुरिएर सो वडा का वर्ष २६ का लालबहादुर शाही घाइते भएका छन्। 

 

Post Comment

छुटाउनुभयो कि ?