सेहरी र धजाहाका ५६ घर जलमग्न
१२ असोज, नवलपरासी — मध्यबिन्दु नगरपालिका–२ स्थित शेहरी र धजाहा गाँउका ५६ घर डुवानमा परेका छन् ।
नगरप्रमुख भिमलाल अधिकारीका अनुसार नारायणीको बाढी पसेर ५६ घर डुवानमा परेका हुन् । मेयर अधिकारीले शेहरी र नन्दपुर गाउँबाट उज्यालोमै उद्धार गरेर सुरक्षित स्थानमा स्तान्तरण गर्न आफ्नो टोली फिल्डमा खटिएको बताए।
नारायणी नदीमा आएको बाढीले तमासपुर क्षेत्रका ४ दर्जन घर डुवानमा परेको पुर्व सांसद तिलक महतले सुनाए । शशस्त्र प्रहरीले डुंगावाट तमासपुर क्षेत्रमा उद्धार गरिरहेको महतले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment