ललितपुरमा बस दुर्घटना, दर्जनौं घाइते
काठमाडौं । ललितपुरमा आज बिहान बस दुर्घटना भएको छ । जिल्लाको लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बा२ख ८५८३ नम्बरको बस महालक्ष्मी नगरपालिका- १ बाहुनधारामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले बताएको छ।
गाडीमा २२ जना सवार रहेको र सवारमध्ये केही घाइते भएको प्रहरीले जनाएको छ । “गाडी दुर्घटनामा केही घाइते भएको खबर आएको छ । तर, ठूलो हताहत नभएको सूचना आएको छ,” जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1