चितवनमा १६ जना सवार माइक्रो बस ट्यांकरसँग ठोकियो
११ असोज, चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलो भन्ने ठाउँमा माइक्रो बस र दूध बोक्ने ट्यांकर ठोक्किएका छन्।

गएराति मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा ३ ख १७५२ नम्बरको माईक्रो र बिपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश०३–००१ ख २६२२ नम्बरको दूध बोक्ने ट्याङ्कर आपसमा ठोक्किदा माइक्रोमा सवार १६ जना घाइते भएका हुन्। ट्याङकर चालक मकवानपुर राक्सिराङ गाउँपाकिलाका(१ बस्ने २९ वर्षीय पेमा लामालाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ।

दुर्घटनामा घाइते भएकाहरुको चितवनको विभिन्न अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए।

Related posts:
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान
ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी




Post Comment