११ श्रावण २०८२, शनिबार

धुलिखेलबाट पाँचखाल जाँदै गरेको ट्रक दुर्घटना

 

१० असोज ,काठमाडौँ। काभ्रेपलाञ्चोकको धुलिखेलबाट पाँचखालर्फ गइरहेको एउटा ट्रक दुर्घटनामा परेको छ।

बा ५ ख १२८१ को ट्रक आफैँ अनियन्त्रित भएर अरनीको राजमार्गमा पर्ने ३७ किलो भन्ने ठाउँमा दुर्घटनामा भएको प्रहरीले जनाएको छ।बिहीबार दिउँसो १ बजे ३७ किलोस्थित केराघारी भन्ने ठाउँमा सडकबाट लगभग ७० मिटर तल खसेर उक्त ट्रक दुर्घटनामा परेको हो।

दुर्घटनामा अन्दाजी ३०–३५ वर्षीय चालक गम्भीर घाइते भएका छन्। उनको टाउकोको पछाडि र च्यापुमा चोट लागेको छ। उनलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?