बाराको जनमत पार्टीले आज प्रशिक्षण कार्यक्रम सम्पन्न
अमरेश कुमार पाण्डे
८ असोज, बारा । दशैं तिहार दिपावली तथा छठ पर्वको अवसरमा जनमत पार्टी बाराले आज सुभकामना आदानप्रदान तथा आफ्नो पार्टीमा रहेको गतिविधि सुधार गर्न प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न जोडदार घोषणा पनि गरेको छ। प्रशिक्षण कार्यक्रम सञ्चालक बिजय गुप्ता कार्यक्रम सभापति जनमत पार्टी जिल्ला ईन्चार्ज एवम् केन्द्रीय सदस्य, शिवनाथ पटेल ले गरेका थिए। प्रमुख अतिथि जनमत पार्टी राष्ट्रिय अध्यक्ष एवम् सांसद डा. सि.के. राउत बिशिस्ट अतिथि राष्ट्रिय परिषद् अध्यक्ष डा. जयकान्त राउत को उपस्थित रहेको थियो ।
कार्यक्रममा डा.सि.के.राउत ले आफ्नो मन्तब्य राख्नु भयो कि हाम्रो पार्टीलाई सबै भन्दा ठुलो प्रशिक्षण गराय पछि पार्टी मजबुत हुन्छ हाम्रो देशमा हामि जितेर मात्र गएको छौं। तर हाम्रो बोल्ने अधिकार समेत दिएको छैन कसरी जनताको आशा आकांक्षा पुरा गर्ने मधेश प्रदेशमा हाम्रो मुख्य मन्त्री हुदा हुदै पनि कुनै अधिकार नै दिएको छैन। हरेक ठाउँमा आफ्नो मान्छे राखेर कामकाज गराई रहेका खसबादी हरुले हामी लाई अंध्यारो कोठामा राखेको बताएको डा. सि.के.राउतले आफ्नो मन्तब्य राखेका थिए ।
कार्यक्रममा सहभागी भएका केन्द्रीय कार्यकारिणी सदस्य ओम प्रकाश साह, सुनिल यादव,रोसनी खातुन , रामबाबु साह, एवम्
यूवा जनमत संघ जिल्ला अध्यक्ष केन्द्रीय सदस्य, बिकास कुमार सिंह, कार्तिकदेव पाण्डे, प्रभुनाथ पटेल मधेश प्रदेश सदस्य सन्तोष पटेल, युवा जनमत संघ उपाध्यक्ष सजय सहनी, युवा नेता नरबहादुर पटेल जियालाल पटेल, बिधाचल यादव दलित महिला नेता, सुनिता पासवान बिभिन्न पार्टी परित्याग गरी एक सय जना ले ,जनमत पार्टीमा प्रवेश गरेका कार्यक्रममा समापन जनमत पार्टीका जिल्ला ईन्चार्ज एवम् केन्द्रीय सदस्य शिवनाथ पटेल गरेका थिए।
Post Comment