प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ आजदेखि

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ३२, २०८०
|
|
३२ पटक हेरिएको
Shares
प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ आजदेखि

सारांश

  • सुनुवाइ समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीको सुनुवाइ जेठ ३२ गते अर्थात् आजका दिन गर्ने कार्यतालिका तय गरेको थियो।
  • सोही कार्यतालिका अनुसार आज सुनुवाइ हुने र आजनै सो प्रस्तावलाई अनुमोदन गर्ने तयारी हुन थालेको हो।
  • बुधबार उजुरीकर्ताको छलफलपछि आज बिहान ८ बजे सुनुवाइ समितिले कार्कीलाई सुनुवाइका लागि बोलाएको छ।

काठमाडौँ – संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ बिहीबार हुँदैछ। सुनुवाइ समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीको सुनुवाइ जेठ ३२ गते अर्थात् आजका दिन गर्ने कार्यतालिका तय गरेको थियो। सोही कार्यतालिका अनुसार आज सुनुवाइ हुने र आजनै सो प्रस्तावलाई अनुमोदन गर्ने तयारी हुन थालेको हो। बुधबार उजुरीकर्ताको छलफलपछि आज बिहान ८ बजे सुनुवाइ समितिले कार्कीलाई सुनुवाइका लागि बोलाएको छ।

समितिले बुधबार ७ जना उजुरीकर्तासँग एकल रुपमा र बाँकीसँग सामूहिक रुपमा छलफल गरेको थियो। कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन्। गत वैशख २५ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कायम मुकायम प्रधानन्यायाधीश कार्कीको नाम सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया ढिलो भएको हो।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध २०७८ फागुन १ मा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परे। जबराले गत मंसिरमा अवकाश पाएपछि न्यायालय नेतृत्वविहीन बनेको सर्वोच्चमा हाल उनै प्रस्तावित प्रधानन्यायाधीश कार्की कायम मुकायम(कामु) प्रधानन्यायाधीश छन्। प्रधानन्यायाधीशको नियुक्ति संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले गर्ने व्यवस्था छ। संसदीय सुनुवाइ समितिमा नेपाली कांग्रेस र नेकपा एमालेका तर्फबाट पाँच/पाँच जना छन्। कांग्रेसका तर्फबाट रमेश लेखक, ईश्वरीदेवी न्यौपाने, जीवन परियार, ज्ञानेन्द्रबहादुर कार्की र रमेशजंग रायमाझी सदस्य छन्। नेकपा एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लिलानाथ श्रेष्ठ, ईश्वरी जीएम र देवेन्द्र दाहाल सदस्य रहेका छन्।

माओवादी केन्द्रबाट जनार्दन शर्मा र जगप्रसाद शर्मा सदस्य छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पशुपतिशमशेर जबरा र जनता समाजवादी पार्टीको तर्फबाट प्रकाश अधिकारी सदस्य छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय तहले तोकेको सीमामा मात्र निजी विद्यालयले शुल्क लिन पाउने
स्थानीय तहले तोकेको सीमामा मात्र निजी विद्यालयले शुल्क लिन पाउने
म्याग्दीमा ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु
म्याग्दीमा ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु
रौतहटको दुई छुट्टाछुटै स्थानमा आगोलागी, रु १० लाख बराबरको क्षती
रौतहटको दुई छुट्टाछुटै स्थानमा आगोलागी, रु १० लाख बराबरको क्षती
बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति
बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति
ओली र लेखकको प्रक्राउ सामान्य प्रक्रिया र कानुन विरुद्ध भएको हो : वरिष्ठ नेता खनाल
ओली र लेखकको प्रक्राउ सामान्य प्रक्रिया र कानुन विरुद्ध भएको हो : वरिष्ठ नेता खनाल
प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ : गृहमन्त्री लेखक
प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ : गृहमन्त्री लेखक
सर्लाहीमा मोबाइल व्यवसायीमाथि गो*ली प्रहार गरि लुटपाट प्रयास
सर्लाहीमा मोबाइल व्यवसायीमाथि गो*ली प्रहार गरि लुटपाट प्रयास
मलाई कसैको पार्टी फुटाउने सोख छैन : प्रधानमन्त्री ओली
मलाई कसैको पार्टी फुटाउने सोख छैन : प्रधानमन्त्री ओली
मधेश प्रदेश सभामुखमा यादवको नाममा सहमति
मधेश प्रदेश सभामुखमा यादवको नाममा सहमति
चिनियाँ राजदूत साङ्को मदनपुरमा भव्य स्वागत, प्रविधिमैत्री कक्षाको उद्घाटन
चिनियाँ राजदूत साङ्को मदनपुरमा भव्य स्वागत, प्रविधिमैत्री कक्षाको उद्घाटन