तीन दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ३०, २०८१
|
|
५३ पटक हेरिएको
Shares
तीन दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

सारांश

  • बिहीबारदेखि निरन्तर एको वर्षाले छविसपाथिभेरा गाउँपालिकाको बालुवाटार नजिकै पहिरो खस्दा सडक अवरुद्ध बनेको हो।
  • शुक्रबार साँझ खसेको पहिरोले कैलाली, कञ्चनपुर जाने र आउने सबै सवारीसाधन रोकिएका छन्।
  • सयाैं यात्रुहरु अलपत्र परेका छन्।

३० भदौ , बझाङमा पर्ने जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध छ।Worldlink adsबिहीबारदेखि निरन्तर एको वर्षाले छविसपाथिभेरा गाउँपालिकाको बालुवाटार नजिकै पहिरो खस्दा सडक अवरुद्ध बनेको हो। शुक्रबार साँझ खसेको पहिरोले कैलाली, कञ्चनपुर जाने र आउने सबै सवारीसाधन रोकिएका छन्। सयाैं यात्रुहरु अलपत्र परेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीका अनुसार पहिरो निरन्तर झरिरहेकाले पहिरो पन्छाएर सडक सञ्चालन गर्न सकस भइरहेको छ। उनका अनुसार केदारस्यूँ गाउँपालिका र जयपृथ्वी नगरपालिकाको जेसीबी पहिरो पन्छ्याउन तयारी अवस्थामा राखिएको छ। तर पहिरो झर्ने क्रम नरोकिँदा सडक सञ्चालन हुन सकिरहेको छैन्।सहायक प्रजिअ जोशीका अनुसार शनिबार बिहानैदेखि अहिलेसम्म पहिरो पन्छाउनका लागि दुई वटा जेसिबी पहिरो गएका स्थान नजिक राखिएका छन्। “माथिबाट पानीसहितको लेदो आइरहेकाले शनिबार दिनभर सञ्चालन गर्न सकिएन। पहिरो रोकिएपछि मात्रै सडक खुलाउने प्रयास गर्नेछौं”, उनले भनिन्। शुक्रबार कैलाली तथा कञ्चनपुरबाट आएका यात्रु भने आ-आफ्नाे सामना बाेकेर स्थानीय जिप मार्फत् गन्तव्यतर्फ गएका छन् भने बझाङबाट तराई छिर्ने सवारीका यात्रुहरु परिङाल नजिकैपर्ने बालुवाटारमा रोकिएका दुर्गाथली गाउँपालिकाका स्थानीय विक्रम जाग्रीले जानकारी दिए। गत साता पनि छविसपाथिभेरा गाउँपालिकाको तमैल बजार नजिकै पहिरो आएर दुई दिनसम्म सडक अवरुद्ध भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश
तीनकुने घटना : ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
तीनकुने घटना : ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
अछाममा अटो दुर्घटना : २ जनाको मृत्यु
अछाममा अटो दुर्घटना : २ जनाको मृत्यु
फेसबुकमा ‘अलबिदा’ लेख्ने डाक्टर केशव श्रेष्ठले भेटे गृहमन्त्री
फेसबुकमा ‘अलबिदा’ लेख्ने डाक्टर केशव श्रेष्ठले भेटे गृहमन्त्री
आँखा स्वास्थ्य सेवालाई अझ विस्तार गर्न जरुरी छ : स्वास्थ्यमन्त्री पौडेल
आँखा स्वास्थ्य सेवालाई अझ विस्तार गर्न जरुरी छ : स्वास्थ्यमन्त्री पौडेल
माओवादी केन्द्रले पनि बोलायो संसदीय दलको बैठक
माओवादी केन्द्रले पनि बोलायो संसदीय दलको बैठक
स्थानीय तहले तोकेको सीमामा मात्र निजी विद्यालयले शुल्क लिन पाउने
स्थानीय तहले तोकेको सीमामा मात्र निजी विद्यालयले शुल्क लिन पाउने
बिपी राजमार्ग : पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण गरिँदै
बिपी राजमार्ग : पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण गरिँदै
महानगरमा चुलियो विवाद: सुनिताको नेतृत्वमा बालेनलाई कार्यपालिका सदस्यको पत्र, ७ दिनभित्र बैठकको माग
महानगरमा चुलियो विवाद: सुनिताको नेतृत्वमा बालेनलाई कार्यपालिका सदस्यको पत्र, ७ दिनभित्र बैठकको माग
जनकपुरधामको पर्यटकीय विकासमा मधेश सरकारकाे चासाे
जनकपुरधामको पर्यटकीय विकासमा मधेश सरकारकाे चासाे