२६ जेष्ठ २०८२, आईतवार

तीन दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

 

३० भदौ , बझाङमा पर्ने जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध छ।Worldlink adsबिहीबारदेखि निरन्तर एको वर्षाले छविसपाथिभेरा गाउँपालिकाको बालुवाटार नजिकै पहिरो खस्दा सडक अवरुद्ध बनेको हो। शुक्रबार साँझ खसेको पहिरोले कैलाली, कञ्चनपुर जाने र आउने सबै सवारीसाधन रोकिएका छन्। सयाैं यात्रुहरु अलपत्र परेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीका अनुसार पहिरो निरन्तर झरिरहेकाले पहिरो पन्छाएर सडक सञ्चालन गर्न सकस भइरहेको छ। उनका अनुसार केदारस्यूँ गाउँपालिका र जयपृथ्वी नगरपालिकाको जेसीबी पहिरो पन्छ्याउन तयारी अवस्थामा राखिएको छ। तर पहिरो झर्ने क्रम नरोकिँदा सडक सञ्चालन हुन सकिरहेको छैन्।सहायक प्रजिअ जोशीका अनुसार शनिबार बिहानैदेखि अहिलेसम्म पहिरो पन्छाउनका लागि दुई वटा जेसिबी पहिरो गएका स्थान नजिक राखिएका छन्। “माथिबाट पानीसहितको लेदो आइरहेकाले शनिबार दिनभर सञ्चालन गर्न सकिएन। पहिरो रोकिएपछि मात्रै सडक खुलाउने प्रयास गर्नेछौं”, उनले भनिन्। शुक्रबार कैलाली तथा कञ्चनपुरबाट आएका यात्रु भने आ-आफ्नाे सामना बाेकेर स्थानीय जिप मार्फत् गन्तव्यतर्फ गएका छन् भने बझाङबाट तराई छिर्ने सवारीका यात्रुहरु परिङाल नजिकैपर्ने बालुवाटारमा रोकिएका दुर्गाथली गाउँपालिकाका स्थानीय विक्रम जाग्रीले जानकारी दिए। गत साता पनि छविसपाथिभेरा गाउँपालिकाको तमैल बजार नजिकै पहिरो आएर दुई दिनसम्म सडक अवरुद्ध भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment