अमेरिकाबाट काठमाडौं आएका व्यक्ति एअरपोर्टबाटै बेपत्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ३०, २०८१
|
|
६३ पटक हेरिएको
Shares
अमेरिकाबाट काठमाडौं आएका व्यक्ति एअरपोर्टबाटै बेपत्ता

सारांश

  • अमेरिकाबाट काठमाडौं आएका एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै बेपत्ता भएका छन् ।
  • बेपत्ता हुनेमा पर्वतको पैंयू गाउँपालिका–१ घर भएका ७६ वर्षीय दण्डपाणि भुसाल छन् ।
  • उनी शनिबार राति १०ः२५ बजेदेखि एअरपोर्टबाट बेपत्ता भएका भुसालका ज्वाईं मधु वस्तीले बताए ।

३० भदौ, काठमाडौं । अमेरिकाबाट काठमाडौं आएका एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा पर्वतको पैंयू गाउँपालिका–१ घर भएका ७६ वर्षीय दण्डपाणि भुसाल छन् । उनी शनिबार राति १०ः२५ बजेदेखि एअरपोर्टबाट बेपत्ता भएका भुसालका ज्वाईं मधु वस्तीले बताए । विमानस्थलमा आर्लेपछि भिडिओ कल समेत भएको र त्यसपछि भुसाल बेपत्ता भएको वस्तीले बताए । राति १०ः२५ बजे विमानस्थलबाट बाहिर निस्केको सीसी क्यामेरामा समेत देखिए पनि त्यहाँबाट कता गए भन्ने पत्तो नलागेको उनले बताए ।अमेरिकाबाट दुबई ट्रान्जिट भएर हिमालयन एअरलाइन्समार्फत भुसाल शनिबार राति काठमाडौं ओर्लिएका थिए । ‘एक जना सिस्टरको साथ लगाएर अमेरिकाबाट पठाएको रहेछ । विमानस्थलबाट बाहिर निस्केपछि झोला छुट्यो भन्दै भित्र लिन जानुभयो । त्यही बेलामा सिस्टर उहाँको सामान विमानस्थलमै छाडेर जानु भएछ । झोला कागजात सबै भेटियो तर उहाँ भेटिनु भएको छैन,’वस्तीले भने । लेखपढ गर्न नजान्ने भुसाल हराएपछि आफन्तले प्रहरी वृत्त गौशालामा निवेदन दिएका छन् । गौशाला वृत्तका डीएसपी केशव थेबेले दण्डपाणि भुसाल हराएको भन्दै निवेदन आएको पुष्टि गरे । ‘हराएको भन्दै निवेदन आएको छ । हामीले खोजी कार्य सुरु गरेका छौं’ थेबेले  भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालेनमाथि दुर्गा प्रसाईंको कटाक्ष : गरिबको घर भत्काउँदा तपाईंको घर पो भत्किने हो कि ख्याल गर्नुहोस्
बालेनमाथि दुर्गा प्रसाईंको कटाक्ष : गरिबको घर भत्काउँदा तपाईंको घर पो भत्किने हो कि ख्याल गर्नुहोस्
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
गोदावरीमा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् बैठक, अध्यक्ष ओलीले गरे उद्घाटन
गोदावरीमा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् बैठक, अध्यक्ष ओलीले गरे उद्घाटन
नेपाली शान्ति सैनिकको अदलीबदली
नेपाली शान्ति सैनिकको अदलीबदली
प्रधानमन्त्रीलाई विश्वासको मत नदिने रास्वपाको निर्णय
प्रधानमन्त्रीलाई विश्वासको मत नदिने रास्वपाको निर्णय
४२ वर्षमै अस्ताएका प्रशान्त तामाङको आज दार्जिलिङमा अन्त्येष्टि गरिँदै
४२ वर्षमै अस्ताएका प्रशान्त तामाङको आज दार्जिलिङमा अन्त्येष्टि गरिँदै
ललिता निवास प्रकरणमा थुनछेक बहस सुरु, सरकारी वकिलले बहस गर्दै
ललिता निवास प्रकरणमा थुनछेक बहस सुरु, सरकारी वकिलले बहस गर्दै
च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र न्युजिल्यान्डको भिडन्त
च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र न्युजिल्यान्डको भिडन्त
स्थानीय तह उपनिर्वाचनः सम्पूर्ण तयारी पूरा
स्थानीय तह उपनिर्वाचनः सम्पूर्ण तयारी पूरा
नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा (सूचीसहित)
नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा (सूचीसहित)