सिमलतालबाट ट्रक त्रिशूली नदी किनारमा खस्याे

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ३०, २०८१
|
|
२३ पटक हेरिएको
Shares
सिमलतालबाट ट्रक त्रिशूली नदी किनारमा खस्याे

सारांश

  • सिमराबाट काठमाण्डौका लागि छुटेको तेल बोकेको ना ६ ख ६२८३ नम्बरको ट्रक बिहान नारायणगढ–मुग्लिङ सडकको सिमलताल नजिकैबाट त्रिशूली नदीमा खसेको हो ।
  • ट्रक त्रिशूली नदीको किनारमा रहेको छ ।
  • जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालका अनुसार ट्रकका चालक र सहचालक अहिलेसम्म सम्पर्कमा रहेका छैनन् ।

 

३० भदौ , काठमाण्डाै – चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा ट्रक दुर्घटना भएको छ ।सिमराबाट काठमाण्डौका लागि छुटेको तेल बोकेको ना ६ ख ६२८३ नम्बरको ट्रक बिहान नारायणगढ–मुग्लिङ सडकको सिमलताल नजिकैबाट त्रिशूली नदीमा खसेको हो । ट्रक त्रिशूली नदीको किनारमा रहेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालका अनुसार ट्रकका चालक र सहचालक अहिलेसम्म सम्पर्कमा रहेका छैनन् । प्रहरी टोलीले दुर्घटनास्थलमा पुगेर अनुसन्धानसहित आवश्यक काम गरिरहेको छ । यसअघि गएको असार २८ गते सिमलतालबाट दुई वटा बस त्रिशूली नदीमा खसेका थिए । यो क्षेत्रमा पटक–पटक दुर्घटना हुँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?