सुनको मूल्यमा यो साता पनि नयाँ रेकर्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २८, २०८१
|
|
३१ पटक हेरिएको
Shares
सुनको मूल्यमा यो साता पनि नयाँ रेकर्ड

सारांश

  • सातामै सुनको मूल्य प्रतितोलामा ४ हजार २०० रुपैयाँ बढेको हो ।
  • आइतबार प्रतितोला १ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १ लाख ५६ हजार ३०० रुपैयाँ पुगेको छ ।
  • बिहिबार सामान्य घटेर साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार पुनः ऐतिहासिक रेकर्ड कायम गरेको हो ।

 

२८ भदौ , काठमाडौं – लगातार बढिरहेको सुनको मूल्यले यो साता पनि नयाँ रेकर्ड कायम गरेको छ ।Worldlink adsसातामै सुनको मूल्य प्रतितोलामा ४ हजार २०० रुपैयाँ बढेको हो । आइतबार प्रतितोला १ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १ लाख ५६ हजार ३०० रुपैयाँ पुगेको छ । बिहिबार सामान्य घटेर साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार पुनः ऐतिहासिक रेकर्ड कायम गरेको हो ।अन्तर्राष्ट्रिय बजारमा देखिएको द्वन्द्वको प्रभाव, कच्चा तेलको मूल्यमा भएको वृद्धि, डलरको विनिमय दरमा देखिएको स्थिरता, सुनको मूल्यमा
विगत केही समयदेखि देखिँदै आएको बढ्दो प्रवृत्ति लगायत कारणले सुनको मूल्य बढ्न सघाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि सामान्य बढेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला १ हजार ७५० रुपैयाँ रहेकाे चाँदीको मूल्य शुक्रबार १ हजार ८६० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?