२६ जेष्ठ २०८२, आईतवार

सुनको मूल्यमा यो साता पनि नयाँ रेकर्ड

 

२८ भदौ , काठमाडौं – लगातार बढिरहेको सुनको मूल्यले यो साता पनि नयाँ रेकर्ड कायम गरेको छ ।Worldlink adsसातामै सुनको मूल्य प्रतितोलामा ४ हजार २०० रुपैयाँ बढेको हो । आइतबार प्रतितोला १ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १ लाख ५६ हजार ३०० रुपैयाँ पुगेको छ । बिहिबार सामान्य घटेर साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार पुनः ऐतिहासिक रेकर्ड कायम गरेको हो ।अन्तर्राष्ट्रिय बजारमा देखिएको द्वन्द्वको प्रभाव, कच्चा तेलको मूल्यमा भएको वृद्धि, डलरको विनिमय दरमा देखिएको स्थिरता, सुनको मूल्यमा
विगत केही समयदेखि देखिँदै आएको बढ्दो प्रवृत्ति लगायत कारणले सुनको मूल्य बढ्न सघाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि सामान्य बढेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला १ हजार ७५० रुपैयाँ रहेकाे चाँदीको मूल्य शुक्रबार १ हजार ८६० रुपैयाँ पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment