प्रस्तावित १७ राजदूतको सुनुवाइ सकियो, निर्णय ३० गते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २७, २०८१
|
|
५० पटक हेरिएको
Shares
प्रस्तावित १७ राजदूतको सुनुवाइ सकियो, निर्णय ३० गते

सारांश

  • संसदीय सुनुवाइ समितिमा उनीहरूको सुनुवाइ बिहीबार सकिएको हो।
  • यसबारेमा भदौ ३० गते निर्णय गरिने समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन्।
  • समितिले बिहीबार बेलायत, अमेरिका, श्रीलंकाका लागि प्रस्तावित राजदूतको सुनुवाइ गरेको थियो।

 

२७ भदौ ,v काठमाडौँ- विभिन्न देशका लागि प्रस्तावित १७ राजदूतको संसदीय सुनुवाइ सकिएको छ।Worldlink adsसंसदीय सुनुवाइ समितिमा उनीहरूको सुनुवाइ बिहीबार सकिएको हो। यसबारेमा भदौ ३० गते निर्णय गरिने समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन्। समितिले बिहीबार बेलायत, अमेरिका, श्रीलंकाका लागि प्रस्तावित राजदूतको सुनुवाइ गरेको थियो। साउन १४ को मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो।सरकारले भारतका लागि डा. शंकरप्रसाद शर्मा, चीनका लागि डा. कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा. शैल रुपाखेती, इजरायलका लागि प्रा. धनप्रसाद पण्डित, मलेसियाका लागि डा. नेत्रप्रसाद तिमल्सिना र पाकिस्तानका लागि रीता धिताललाई सिफारिस गरेको थियो।

त्यस्तै पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसी महासंघका लागि जंगबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाङफे, स्पेनका लागि सनिल नेपाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, बेलायतका लागि चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मी सिफारिस भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुलुक अत्यन्तै विषम परिस्थितिमा छ, नयाँ समझदारी आवश्यक छ : लिङ्देन
मुलुक अत्यन्तै विषम परिस्थितिमा छ, नयाँ समझदारी आवश्यक छ : लिङ्देन
बागमती प्रदेशलाई प्लास्टिकरहित बनाउने घोषणा, वातावरण मन्त्रालयलाई ३ अर्ब बजेट
बागमती प्रदेशलाई प्लास्टिकरहित बनाउने घोषणा, वातावरण मन्त्रालयलाई ३ अर्ब बजेट
मौद्रिक नीतिको समीक्षालगत्तै नेप्सेमा हरियाली- ४९.१५ अंकले बढ्दा ११ अर्ब ३९ करोडको कारोबार
मौद्रिक नीतिको समीक्षालगत्तै नेप्सेमा हरियाली- ४९.१५ अंकले बढ्दा ११ अर्ब ३९ करोडको कारोबार
काठमाडौंमा नक्कली सुन देखाएर लुटपाट, ३ जना पक्राउ
काठमाडौंमा नक्कली सुन देखाएर लुटपाट, ३ जना पक्राउ
रविविरुद्ध कास्की प्रहरीले बुझायो प्रतिवेदन, १ अर्ब ५१ करोड बिगोसहित मुद्दा चलाइने
रविविरुद्ध कास्की प्रहरीले बुझायो प्रतिवेदन, १ अर्ब ५१ करोड बिगोसहित मुद्दा चलाइने
शरीरमा आगो लगाएका गणेश नेपालीको उपचारका क्रममा नि*धन
शरीरमा आगो लगाएका गणेश नेपालीको उपचारका क्रममा नि*धन
निर्माण व्यवसायी संघको ‘क ‘ वर्गको सदस्यमा यादव निर्विरोध निर्वाचित
निर्माण व्यवसायी संघको ‘क ‘ वर्गको सदस्यमा यादव निर्विरोध निर्वाचित
तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप खिच्दै
तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप खिच्दै
काठमाडौं महानगरपालिका- १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन
काठमाडौं महानगरपालिका- १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन
मकवानपुर १ मा रास्वपाका प्रकाश गौतमको विजयीपछिको खुशीयाली
मकवानपुर १ मा रास्वपाका प्रकाश गौतमको विजयीपछिको खुशीयाली