प्रत्यक्ष निर्वाचित प्रणालीमा जाऔं, प्रधानमन्त्रीसँग चुनाव लड्न तयार छौं– ज्ञानेन्द्र शाही
२५ भदौ , राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अहिलेको संसदीय व्यवस्था असफल सिद्ध भइसकेकाले प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थामा जान प्रस्ताव गरेका छन् ।अहिलेको व्यवस्था असफल भइसकेकाले निकास नदिने उनले बताए । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद साहीले संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थामा जान प्रस्ताव गरेका हुन् । ‘साँच्चिकै देश बनाउने दम तपाईँहरूमा छ भने प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुस्, हामी समर्थन गर्छौं, अनि चुनाव लडेर आऔं, जितौं न,’ शाहीले भने ।संविधान काटकुट गरेर आफैं प्रधानमन्त्री र मन्त्री बन्ने व्यवस्थाले निकास नदिने उनले दाबी गरे

नेपालका राष्ट्रप्रमुखको राजकीय भ्रमणको बेला अमेरिकाले नेपाललाई ठूलो महत्त्व दिएको स्मरण गर्दै उनले भने– ‘सन् १९६० र ०६७ मा नेपालका तत्कालीन राजा महेन्द्रले अमेरिकाको राजकीय भ्रमण गर्दा राष्ट्रपतिले स्वागत गरेको स्मरण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली जाँदा कसले स्वागत गर्छ ? आखा चियाएर हेर्न मन छ, नेपालको इज्जत कहाँ छ, त्यो दिन देख्न मन छ मलाई ।’
Post Comment