केन्याको विद्यालयमा आगलागी हुँदा १७ बालबालिकाको मृत्यु
सारांश
- न्येरी काउन्टीको हिलसाइड एन्डारासा एकेडेमीमा करिब मध्यरातमा आगलागी भएको हो ।
- आगलागीको समयमा बालबालिकाहरू सुतिरहेका थिए ।
- आगलागीबाट केही विद्यार्थी घाइते भएका छन् ।
२१ भदौ , मध्य केन्याको एउटा विद्यालयको छात्रावासमा आगलागी हुँदा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको छ ।
न्येरी काउन्टीको हिलसाइड एन्डारासा एकेडेमीमा करिब मध्यरातमा आगलागी भएको हो । आगलागीको समयमा बालबालिकाहरू सुतिरहेका थिए । आगलागीबाट केही विद्यार्थी घाइते भएका छन् ।घटनास्थलमा फेला परेका शव चिन्न नसकिने गरी जलेका छन् । घटनास्थलमा थप शव फेला पर्ने सम्भावना छ। आगो के कारणले लागेको हो भन्नेबारे थाहा नभएको त्यहाँको प्रहरीले जनाएको छ । ![]()
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया